कालोबजारी नियन्त्रणका लागि कांग्रेसको यस्तो कार्यक्रम

काठमाडौं, १५ मंसिर । भारतीय नाकाबन्दीका कारण मुलुकभर इन्धन लागयतका अत्यावश्यकी बस्तुको चरम अभावसँगै यसको कालोबजारी बढेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कालोबजारी नियन्त्रणका लागि दबाब दिने भएको छ ।
रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा मंगलबार गरेको साक्षात्कारमा काठमाडौ कांग्रेस सभापति एवम सभासद भीमसेन दास प्रधानले कालाबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि दबाब दिन बुधबार काठमाडौंमा र्याली निकाल्ने जानकारी दिए ।
Congress
अधिकार, न्याय र शान्तिको लागि दबाब नाम दिइएको र्यालीमार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको उनको भनाइ छ । प्रधानका अनुसार बुधबार दिउँसो १ बजे शान्तिबाटिकाबाट र्याली निकालिनेछ ।
पत्रकार सम्मेलनमा काठमाडौका सभासद र केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको भन्दै तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संसोधनलाई अगाडि बढाए मधेसको आधारभुत मागहरु पुरा हुने दावी गरे । उनीहरुले भुकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणकोलागि पुर्ननिर्माण प्राधिकरण विधेयकलाई समेत अगाडि बढाउन माग गरे ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment