यी भए उत्कृष्ट प्रहरी, जसले भूमिगत समूहलाई निस्तेज गरायो

मोरङ, १५ मंसिर । भूमिगत समूह तह लगाउने देखि शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ताप्लेजुङका प्रहरी प्रमुख शान्तिराज कोइराला पूर्व क्षेत्रकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
shantiraj koirala
पूर्वका विभिन्न जिल्लामा आतंक मचाउँदै आएको भूमिगत सशस्त्र देउमान लिम्बु (हाराहाङ) समूहको गतिविधि निस्तेज पार्न पछिल्लो समय सक्रिय भएका कोइरालालाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट प्रहरीका रुपमा घोषणा गरेको हो ।
प्रहरीले गरेको कार्यसम्पादन मुल्यांकनमा कोइरालाले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुब्यवस्था कायम गर्ने सिलसिलामा जिल्लामा कृयाशिल अपराधिक समुहको गतिविधी निश्तेज पार्न उल्लेखनीय भूमिका निर्वाह गरेकाको उल्लेख गरिएको छ । यसैलाई आधार मानेर कोईरालालाई उत्कृष्ट प्रहरीको रुपमा चयन गरिएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment