महाकालीमा आएका भारतीयलाई नेपालीले कुटेर लखेटे, ट्रक ड्राइभरको रामधुलाई – - See more at:

काठमाडौं, ६ चैत । नाकाबन्दी र भारतको नाङ्गो हस्तक्षेपबाट आक्रोशित बनेका नेपालीले भारतीय ट्रकमाथि आक्रमण गरेका छन् ।
यो घटना सुदूरपश्चिमको कञ्चनपुर जिल्ला अन्तर्गत पर्ने नेपाल–भारत सीमा नदी महाकालीमा भएको हो ।
भारतीय पत्रिका उत्तराञ्चल टुडेको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार विहीबार महाकाली (भारतले भन्ने नाम शारदा) नदीको चुरे फेदीमा ढुंगा, गिट्टी तथा बालुवा लिन गएका भारतीय ट्रक र चालकलाई नेपालीले लखेटेका हुन् ।
भारतबाट आएका शक्तिमान ट्रक तोडफोड गरी स्थानीय नेपालीहरुले चालकलाई कुटेर लेखेटका छन् ।
महाकाली नदीको सीमाकंनमा अझै पनि नेपाल–भारतबीच विवाद छ । महाकाली नदीको नेपालतर्फ भुभागलाई नेपालीले आफ्नो भन्दै आएका छन् । भारतसँग भएको असमान सन्धिका बेला यसको आधा भुभाग नेपाले गुमाएको थियो । तर, त्यही भुमिलाई भारतले आफ्नो भनेर दाबी गर्दै ढुंगा गिट्टी बालुवा उठाउँदै आएको छ । विहीबार पनि महाकाली छेउको यो विवादित चुरेको फेदबाट १२ भारतीय ट्रक ढुंगा गिट्टी र बालुवा उठाउँदै थिए ।
त्यही बेला आक्रोशित हुँदै एकाएक त्यहाँ पुगेका नेपालीले नेपाली भुमिमा आएर मनोमानी दोहन गरेको भन्दै ट्रकमा ढुंगा बर्साएका थिए । नेपालीको आक्रमणपछि भारतीय ट्रक र चालकहरुको भागाभाग भएको थियो । एक ट्रकको त सिसा नै फुटाएर चालकलाई मरणासन्न कुटपीट गरिएको थियो । यसअघि पनि नेपाली भुमिमा आएको भन्दै ट्रक नै जपत गरि नेपाली प्रशासनलाई बुझाइएको थियो भने चालकलाई नेपालको अदालतले जेल सजाय पनि गरिसकेको छ ।
भारतीयमाथि आक्रमण गर्ने सीमा क्षेत्रका नेपालीले सीमाकंनको विवाद चाँडो टुग्याउन आग्रह गरेका छन् । भारतीयहरुले चुरेबाट धमाधम खनिज पदार्थ लग्न थालेपछि नेपालतर्फ बाढी, डुबान हुने गरेको छ ।
दैनिक नेपाल बाटCapture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment