![]() |
काठमाडौं, १८ चैत । ११ दिन लामो नेपाल बसाइ सकेर बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्केका छन् । कतार एयरवेजको उडानबाट राजकुमार ऋयारी बुधवार बेलुकी सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन् ।
संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन् । प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ । मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु । न्यायो आतिथ्यताका लागि धन्यवाद ।’
चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायतका कान्छा राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधि ६ दिन थपेका थिए । औपचारिक भ्रमणको अन्तिम दिन चैत १० गते बसाइ लम्ब्याएका उनले भूकम्पका कारण क्षतिग्रस्त नेपालका लागि सानै सहयोग भएपनि गर्छु भन्दै नीजि भ्रमण गरेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
![]() |
0 comments:
Post a Comment