युभेन्टसको उत्कृष्ट प्रदर्शन, गोलरक्षक गियानलुइगी ८ सय ३६ मिनेटसम्म गोल हुन नदिने किपर :: Read More News>>

इटालियन सिरीको शीर्ष स्थानमा रहेको युभेन्टसले उत्कृष्ट प्रदर्शन कायम राखेको छ।

युभेन्टस लगातार १८ खेलमा अपराजित रहेको छ। सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले आटलान्टालाई २–० ले हरायो। युभेन्टसका लागि २४ औं मिनेटमा आन्द्रेए ब्रजाली र ८६ औं मिनेटमा मारियो लेमिनाले गोल गरे।

जितपछि लिगका १० खेल बाँकी हुँदा युभेन्टसले दोस्रो स्थानको नापोलीसँग तीन अंकको दूरी कायम गरेको छ। युभेन्टसको २८ खेलबाट ६४ तथा नापोलीको सामान २८ खेलबाट ६१ अंक छ। पछिल्ला १३ खेलमा जित निकाल्न नसकेको आटलान्टा २८ खेलबाट ३० अंकसहित १५ औं स्थानमा छ।

युभेन्टसका गोलरक्षक गियानलुइगी बुफेनले सिरी एमा सन् १९९४ पछि सबै भन्दा धेरै समय गोल हुन नदिने कीर्तिमान बनाएका छन्। उनले सिरी एमा ८ सय ३६ मिनेट गोल रक्षकको रुपमा रहँदा गोल हुन दिएका छैनन्। यसअघि सन् १९९३/९४ को सिजनमा एसी मिलानका गोलरक्षक सेबास्टियानो रोसीले ९ सय २९ मिनेटसम्म आफ्नो पोस्टमा गोल हुन दिएका थिएनन्। युभेन्टसका बुफेन त्यो कीर्तिमान तोड्ने क्रममा छन्।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment