ओली चीन उड्नुअघि नेपाल आएर के सिकाउँदैछिन सुष्मा स्वराजले ? - See more at:

काठमाडौं, २४ फागुन ।  भारत भ्रमणमा गएको ठीक एक महिनापछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन् । नाकाबन्दी खोलेर भारतको भ्रमण गर्न सम्भव नभएर पहिले चीनको भ्रमण गर्ने घोषणा ओलीले गरेका थिए । ओली चैत सात गते बेइजिङ जाँदैछन् तर त्योभन्दा अघि नै २०७२ चैत ४ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरले तीन दिने नेपाल भ्रमण गर्दैछन् । - See more at: 
oli-And-Sushma-Swarajस्वराज र जयशंकर पोखरामा हुन गइरहेको सार्क मन्त्रीस्तरी सम्मेलनमा सहभागी हुन आउन लागेका हुन् । तर, यही मौकामा नेपाल सरकारको उच्च नेतृत्वसँग भारतीय सहयोगमा नेपालमा सञ्चालन हुने र भइरहेको प्रोजेक्टहरुको समीक्षा, बाधा व्यवधानका बारेमा निकै गम्भीर छलफल पनि गरिनेछ ।oli-And-Sushma-Swaraj
सामान्यतया बहुपक्षीय कार्यक्रममा अर्को देशमा गएको बेला सो देशसँग द्विपक्षीय विषयमा गम्भीर छलफल गरिँदैन तर स्वराजको हकमा यो लागू नहुने भएको छ । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग पनि भेट्ने भएकी छन् । चीन भ्रमणलाई प्रभावित पार्न प्रधानमन्त्री ओलीको भारत भ्रमण गराइएजस्तै चीनसँग दीर्घकालीन सम्झौताहरु नहोस् भन्ने ध्येयले स्वराजले नेताहरु भेट्न लागेकी हुन् कि भन्ने आशंका पनि कूटनीतिक क्षेत्रले गर्न थालेको साँघु साप्ताहिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment