![]() |
साइप्रस— इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरण घटनामा आइएस वा त्यस्तै आतंकवादी समूह संलग्न भएको अनुमान गरिएको थियो। साइप्रसको लार्नाका विमानस्थलमा फोर्स ल्यान्ड गराएर यात्रुलाई मुक्त गरिएपछि सो विमान अपहरण केवल पूर्व पत्नी फिर्ता पाउन माग गर्दै भएको रहस्य खुलेको छ।
अपहरणकारी इब्राहिम समाहा भएको साइप्रसका सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। इजिप्ट बस्दै आएका उनले विमानलाई सुरुमा इस्तानबुल लान खोजेका थिए। चालकले जहाजमा इन्धन सकिएको जनाउँ दिए। त्यसपछि उनले साइप्रसको लार्नाका जान चालकलाई निर्देशन दिएका थिए। साइप्रसमा उनकी पूर्वपत्नी बस्दै आएको पुष्टि भएको छ।

अपहरणकारीका मागबारे साइप्रसका अधिकारीले वार्ता गरिरहेका छन्। २७ वर्षे अपहरणकारीले आफ्नी पूर्वपत्नीसँग भेट गर्न पाउनुपर्ने माग गरेका छन्। सुरक्षा अधिकारी समक्ष उनले यस्तो माग गरेपछि उनकी पूर्वपत्नी विमानस्थल जाने क्रममा रहेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। विमान अवतरण गरेको स्थान लार्नाका सहर हो। उनकी पत्नी यो सहरभन्दा केही परको गाउँमा बस्ने गरेको बताइएको छ।
![]() |
0 comments:
Post a Comment