प्रधानमन्त्री ओली भारतबाट आज स्वदेश फर्किदै, फर्किनु अघि बलीउडका चर्चित कलाकारहरुलाई भेट्ने तयारी,

भारतको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किदै छन् । स्वदेश फर्किनु अघि प्रधानमन्त्रीले भारतीय चर्चित कलाकारहरुलाई पनि भेट्ने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । जसको संयोजन अभिनेत्री मनिषा कोइरालाले गरेकी छिन् ।
प्रम ओलीले जेकी श्राप लगायतका चर्चित कलाकार, निर्देशकहरुसँग भेटघाट गर्नेछन् । स्वदेश फर्कीनु अघि प्रम ओलीले एक संयुक्त विज्ञप्ती जारी गर्ने तयारी गरिएको बताइन्छ । यद्यपी विज्ञप्तिको भाषाका विषयमा भने अन्योलता सृजना भएको छ । स्रोतका अनुसार संयुक्त विज्ञप्तीमा नेपालले संविधानप्रति भारतको पूर्ण समर्थन रहेको उल्लेख गर्न चाहेको छ भने भारतले महत्वपूर्ण उपलब्धी मात्र भन्ने उल्लेख गर्न खोजेको छ ।
कुनै एक मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले अर्को देशको भ्रमण गरेपछि दुवै देशबिच भ्रमणमा सहमति भएका विषय समेटर संयुक्त विज्ञप्ती जारी गर्ने चलन अनुसार विज्ञप्ति निकाल्ने तयारी गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री गत शुक्रबार ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्केका थिए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment