सोमवार जापान अन्र्तराष्ट्रिय सहयोग नियोग जाईकाका अध्यक्ष डा। शिनिचो किताओका र अर्थ मन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालकालागि जापानी राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा जापानी राजदूत ओगावाले नेपालको विकासकोलागि जापान सरकार सदा तत्पर रहेको वताउँनुभयो । यसैगरी अर्थ सचिव रेग्मीले भूकम्प पीडित नेपालको सहयोगकोलागि जापानले देखाएको तत्परता प्रशंसानीय रहेको भन्दै यसबाट दुई देशबीचको सम्वन्ध थप मजबुत हुने वताउँनुभयो । जापानले २२ अर्व रुपैँया ऋण स्वरुप तथा १ अर्ब ५० करोड अनुदान स्वरुप सहयोग गर्ने भएको हो । अनुदानको ३ अर्ब ५० करोड रुपैँया भने भूकम्पबाट प्रभावितहरुको पुर्नस्थापना परियोजना अन्र्तगत प्रसुती गृह र वीर अस्पतालको पुनर्निर्माण, सिन्धुपाल्चोकको चौतारामा खानेपानीको पुर्नस्थापना तथा गोरखाको बारपाकमा पुल र सडक निर्माणमा खर्च हुने सम्झौतामा उल्लेख छ । -
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment