|
दिल्ली, १० पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पाकिस्तानको ‘सरप्राइज’ भ्रमण गरेका छन् ।
अफगानिस्तानको काबुलमा बनेको संसद् भवनको उद्घाटन गर्न पुगेको मोदीले फर्किने क्रममा पाकिस्तानको लाहोर झरेका हुन् ।
आजै जन्मदिन परेका सरिफलाई शुभकामना दिन मोदी पाकिस्तान पुगेको बताइएको छ । विमानस्थलबाट उनीहरु दुवैजना हेलिकोप्टरमा सरिफको फार्महाउसमा गएका थिए ।
पाकिस्तानी समयअनुसार दिउसो ४.१५ मा उनीमा लोहर विमानस्थल ओर्लिएका मोदीको पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले स्वागत गरेका थिए। सन् २००४ यता कुनै भारतीय प्रधानमन्त्रीले पाकिस्तानको भ्रमण गरेका छैनन् ।
|
0 comments:
Post a Comment