|
बेइजिङ, १३ पुस - चीनको संसदले आगामी जनवरी १ देखि दुई सन्तान नीतिलाई कार्यान्वयन गर्न अनुमति दिएको छ। अहिलेसम्म एक सन्तान नीति अवलम्बन गर्दै आएको चीनमा यो कानून पारित भएसँगै अब हरेक दम्पत्तिले दुईवटा बच्चा जन्माउन पाउने छन्। यसै वर्षको अक्टोबरमा सत्तारुढ कम्युनिष्ट पार्टीले एक सन्तान नीतिलाई बदल्दै दुई वटासम्म बच्चा जन्माउन दिने अनुमति प्रदान गरेको थियो। चीनमा १९७० मा जनसंख्या बृद्धि रोक्नका लागि एक बच्चाको नीति लागू गरिएको थियो। चीनले साइबर सुरक्षा खतराबाट बच्नका लागि पनि नयाँ कानून ल्याएको छ।
|
0 comments:
Post a Comment