साफ च्याम्पियनसिप आजदेखि सुरु हुँदै, पहिलो खेलमा नेपाल र श्रीलंका भिड्ने :: Read More News>

काठमाडौँ, ८ पुस - दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदै छ। 

पहिलो खेलमा नेपाल र श्रीलंका 
पहिलो खेलमा नेपाल र श्रीलंका भिड्नेछन्। केरलास्थित त्रिवेन्द्रम स्टेडियममा हुने ११औँ साफ च्याम्पियनसिपअन्तर्गत आजको नेपाल-श्रीलंकाबीचको प्रतिस्पर्धा नेपाली समयअनुसार आज साँझ ६ः४० मा सुरु हुनेछ।

पाकिस्तानले साफ च्याम्पियनसिप बहिष्कार गरेपछि समूह ‘ए’अन्तर्गत तीन टिम मात्र बाँकी रहेका छन्, नेपाल, श्रीलंका र भारत। समूह ‘बी’मा भने डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । दुई समूहबाट एक-एक टिम सेमिफाइनलमा जानेछन्।


नेपालको तयारी 
प्रतियोगिताका लागि ढाकामा बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलसहित अभ्यास गरेको नेपाली टोली केरला पुगिसकेको छ। मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्याट्रिक अउसम्सले नेपालले श्रीलंकाविरुद्धको खेललाई महत्त्वका साथ लिएको जनाएका छन्।

‘श्रीलंकाविरुद्धको जितले सेमिफाइनल यात्रा ९९ प्रतिशत पक्का हुनेछ, त्यसले हामीलाई खेलमा मोमेन्टम पनि दिनेछ,’ प्रशिक्षक अउसम्सले भने । उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र अभ्यासले पनि टोलीलाई प्रतियोगिताको तयारीमा सहयोग पुगेको बताए । ‘हामीले यहाँ आएर प्राकृतिक दुबोको मैदानमा अभ्यास गर्यौँए, खेलाडीहरूले पनि कडा मिहिनेत गरेका छन्,’ उनले भने, ‘तियोगिताका लागि राम्रो तयारी भएको छ ।’

नेपालका प्रमुख प्रशिक्षक प्याट्रिक औसेम्सले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका लागि गलत होटलमा खेलाडीलाई लगेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आलोचना भइरहेको छ। श्रीलंकाली टिम भने आफ्नो प्रिमियर लिग भर्खर सकेर साफ च्याम्पियनसिपमा भिड्न आइपुगेको छ।

जित्नैपर्ने दबाब
सेमिफाइनल यात्रा तय गर्न नेपाललाई श्रीलंकाविरुद्ध कुनै पनि अवस्थामा जित हासिल गर्न आवश्यक छ। तुलनात्मक रूपमा भारत बलियो प्रतिद्वन्द्वी भएकाले नेपालका लागि श्रीलंकाविरुद्धको जित महत्त्वपूर्ण मानिएको छ। - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment