एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुसंग स्पष्टीकरण लिने - Read More News: >>


एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुसंग स्पष्टीकरण लिनेहुनु भएको छ । स्रोतका अनुसार उहांले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई पार्टी कार्यालय पेरीशडांडा बोलाउनु भएको छ ।

उहांले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि स्पष्टीकरण लिनुहुने बताईएको छ । गत १५ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवदेनमा सदस्यहरुले धारणा राखेका थिए । बैठकमा १ सय १४ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् भने बोल्न बाँकी तीन जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि अध्यक्ष दाहालले आज सदस्यहरुले बैठकमा उठाएका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

पार्टी पदाधिकारीदेखि स्थायी समिति र पोलिटब्युरो सदस्य तथा मन्त्रीहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको आजको बैठकमा पार्टी सचिव तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल,स्थायी समिति सदस्य तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत र पोलिटब्यूरो सदस्य सन्तु दराईले आध्यक्षको प्रतिबेदनमा धारणा राख्न सुरु गर्नु भएको प्रबक्ता दिनानाथ सर्माले जानकारी दिनुभयो ।    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment