आखिर कन्डम र अन्डरवियरको विज्ञापनमा किन देखिन्छन महिला ?

sunny_strawberry_resize1

काठमाडौं, हुन त हाम्रो शास्त्रहरूमा लेखिएको छ कि प्रकृतिले निकै सोच-बिचार गरेर महिला र पुरूषको निर्माण गरेको छ । दुबैको अस्तित्व एक-अर्काबिना अधूरो छ । नारी बिना कुनैपनि सृष्टिको निर्माण हुन सक्दैन, न त पुरूषहरू बिनानै कुनै जीवन अगाडी बढ्दछ, तर अहिलेको समयमा मानिसहरू यो कुरा भुलेर मात्र नारीलाइ एक प्रदर्शन र भोगको वस्तु मान्न थालेका छन ।
त्यसै कारण त आज हरेक ठाउँमा नारीलाइ एक विषय वस्तुका रूपमा पेश गरिन्छ । हद त त्यसबेला हुन्छ जब नारीको प्रयोग त्यस ठाउँमा पनि हुन थाल्दछ, जहाँ नारीको आवश्यकतानै हुँदैन । यहाँ कुरा ती बिज्ञापनहरूको गरिएको छ, जसमा नारीको कुनै आवश्यकतानै हुँदैन ।
यस सम्बन्धमा गरिएको एक पोलमा पुरूषहरूको लागी प्रयोग हुने कुरामा महिलाको उपस्थिति बिज्ञापनमा सही हो वा होइन भन्ने प्रश्नमा ६० प्रतिशत भन्दा बढिले यो गलत भएको बताएका छन ।
जहां पुरूषहरूको सामान बेच्नका लागी गरिने बिज्ञापनहरूमा महिलाहरूको व्यापक प्रयोग गरिन्छ । त्यस्का लागी ठुला ठुला ब्राण्डहरू सुन्दर र सेक्सी अभिनेत्रिहरू तथा मोडलहरूलाइ मागेको जति पारिश्रमिक दिएर यसका लागी साइन गराइरहेका छन। तर यी विज्ञापनहरू हेरेपछि तपाइले यो कुरा भने बुझ्नु हुन्न कि आखिर यसका लागी महिलालाइ देखाउने के आवश्यकता छ ?
अहिले यस कुराले सामाजिक सञ्जाल तथा मिडियाहरूमा एउटा बहसको जन्म भएको छ । भोलीका दिनमा यस प्रकारका पुरूषका लागी प्रयोग हुने सामानहरूको विज्ञापनहरूमा सायद महिलाहरूको प्रयोग कम हुन पो थाल्ने छ कि? यो त समयलेनै बताउनेछ ।
- See more at: http://medianp.com/2014/11/40868.html#sthash.6tHRIhoJ.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment