सत्तारुढ दलका नेताले गरे खुलासा : राजतन्त्र फर्कन्छ

काठमाडौं, १७ मंसिर । मुलुकबाट राजतन्त्र अन्त्य भएको १० वर्ष पुग्नै लाग्दा राजतन्त्र फर्कन सक्ने एक सत्तारुढ दलका नेताले दावी गरेका छन् । बिहीबार एक अनलाइन पत्रिकामा प्रकाशित समाचारका अनुसार वर्तमान केपी शर्मा ओली सरकार असफल भए मुलुकमा राजतन्त्र फर्कने सम्भावना बढी रहेको ती नेताले दावी गरेका हुन् ।
Dilnath-Giri
वर्तमान सरकरमा महत्वपूर्ण र दम्दार उपस्थिति जनाएको राप्रपा नेपालको संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले वर्तमान सरकारले दुई साता भित्र मुलुकमा देखिएको विद्यमान संकट अन्त्य गर्न अब बढीमा दुई साता मात्रै समयसीमा रहेको भन्दै यदी ओली सरकार असफल भएमा मुलुकमा राजतन्त्र फर्काउन बाटो खुल्ने दावी दोहोर्याए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान सहित परराष्ट्रमन्त्रीका रुपमा सहभागी वर्तमान सरकार असफलमा भएमा यसको विकल्प एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा वा कुनै मधेशवादी दलका नेता हुन नसक्ने भन्दै उनले मुलुकमा वेलायतको जस्तै राजतन्त्र फर्कन सक्ने बताएका हुन् ।
नयाँ संविधानमा हिन्दू राज्य कायम नगर्दा भारतले अहिलेको सास्ती दिएको भन्दै गिरीले नेपाली नेताहरुले नयाँ संविधानमा हिन्दू राज्यको व्यवस्था गर्न आश्वासन भारतीय नेताहरुलाई दिएको दावी गरे । आफूले दिएको आश्वासन पूरा नगर्दा भारतले अहिले दुःख दिएको उनले दावी गरे ।
गणतन्त्र ११ वर्षमै असफल भएर वेलायतमा राजतन्त्र फर्किएको प्रसङ्ग उल्लेख गरेका नेता गिरीले सार्वजनिक समाचारमा भनेका छन्, ‘गणतन्त्रबाट जनतालाई सुख सम्वृद्धि दिन्छौं भनेर नेताहरुले आश्वासन दिएका हुन् । तर, जनताले इतिहासमा कहिल्यै नभोगको संकट भोगिरहेका छन् । देश बिखण्डको डरलाग्दो खाडमा जाकिएको छ ।’
‘पञ्चायती व्यवस्थाको ३० वर्षमा देशले गरेको प्रगति बहुदल र गणतन्त्रको २५ वर्षमा सबै सिध्याए । जनताले यो सबै कुरा हिसाब किताब गरिसकेका छन् । त्यसैले हामी देखिरहेका छौं, ओली असफल भएको खण्डमा राजतन्त्र फर्किन सक्छ वा अर्को कुनै उथलपुथल हुन्छ’, सो समाचारमा गिरीले भनेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment