|
काँकडभिट्टाबाट राजधानी आउँदै गरको ना४ख ८११९ नम्बरको अग्नि बसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पूर्वबाट आउँदै गरको ना३ख ७५२६ नम्बरको अर्को बस पनि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी मनोजकुमार यादवले जनाए । दुवै बसको छत र यात्रु बस्ने सिटमुनी इन्धन भरिएको थियो । बसमा साढे ३ हजार लिटर पेट्रोल, डिजेल भएको डीएसपी यादवले जानकारी दिए । यादवका अनुसार बसभरी यात्रुको सट्टा पेट्रोल, डिजेलका ड्रम र ग्यालेन राखिएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
डिजल तस्करले एउटै बसको भाडा १ लाख ९ हजारसम्म तिरेको खुलेको छ । पूर्वबाट राजधानी भित्रिने डिजेल २ सय ५० र पेट्रोल ३ सयसम्ममा बिक्री हुने गरेको छ । बससँगै इन्धन धनीका बारेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । केही दिनयता स्कर्टिंङको आडमा बसमा व्यापक मात्रामा इन्धन राजधानी लग्ने गरिएको छ ।
|
0 comments:
Post a Comment