यी हुन् संसारकै महँगा कारहरु (फोटो फिचर)

कार चढ्नुलाई अहिलेपनि हाम्रो समाजमा बिलासिको प्रतिक मानिन्छ । बजारमा धेरै थरिका विलासी कार आएका छन्, त्यस मध्य केहि त् नेपालीले किनेर चढ्न एक पटक सोच्नै पर्ने हुन्छ । आउनु होस् आज संसारकै तिब्र गतिमा कुद्ने र संसारकै महंगो कारहरु बारेमा जानकारी लिउ
bogati veron
बुगाती भेरोन-:
फ्रान्समा  निर्माण हुने इटोरी बुगाती कम्पनीले निर्माण गर्ने कार विश्वकै महँगो कारको श्रेणीमा पर्छ । यो कम्पनीले अन्य कार उत्पादकले जस्तो संख्यात्मक बिक्रीमा जोड नदिइ गुणस्तर कायम गरेर थोरै कार मात्र बिक्री गर्छ । बुगातीको भेरोन मोडलको कारको अहिले अन्तर्राष्ट्रिय बजार मूल्य १७ लाख डलर छ । यो  कारलाई अहिले सर्वाधिक तीव्र गतिमा गुड्ने कार पनि मानिन्छ । यसले २ दशमलव ६ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ । यसको गति २ सय ५३ किलोमिटर  प्रतिघन्टा छ ।
Lamborghini-Reventon
लाम्बोर्गिनी रेभेन्टोन-:
इटालीको कार निर्माता कम्पनी लाम्बोर्गिनीले सन् २००८ मा उत्पादन गरेको लाम्बोर्गिनी रेभेन्टोन स्पोर्ट्स कार अहिले विश्वको दोस्रो महँगो कार मानिन्छ । यो  कार लाम्बोर्गिनीले उत्पादन गरेका कारहरूमध्ये दोस्रो महँगो कार हो । यो कारले ३ दशमलव ३ सकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने २ सय ११ किलोमिटर  प्रतिघन्टाको गतिमा गुड्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख डलर छ ।
Ferrari enzo
फरारी इन्जो-:
इटालीको कार निर्माता कम्पनी फरारीले उत्पादन गरेको इन्जो कार विश्वको चौथो सर्वाधिक महँगो कार मानिन्छ । २ सय १७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने  यो कार ४ सयवटा मात्र उत्पादन भयो । उत्पादन भएर बजारमा आउँदा ६ लाख ७० हजार डलर मा बिक्री भएको यो कारको मूल्य बढेर अहिले १०  लाख डलर  छ ।
mclaren f1
म्याकलरेन एफ-१-:
बेलायतको रेसिङ कार निर्माता म्याक लरेनले सन् १९९४ मा सर्वाधिक तीव्र गतिमा कुद्ने कार निर्माण गरेर आफूलाई सर्वाधिक महँगो कार निर्माताका रूपमा  प्रस्तुत गरेको थियो । यो वर्ष भने यो कार निर्माता तेस्रो स्थानमा छ । म्याकलरेनले पछिल्लो समयमा निर्माण गरेको एफ १ कार ३ दशमलव २ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको  गति लिन सक्छ भने यो कार २ सय ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्छ । एफ-१ को अन्तर्राष्ट्रिय बजार मूल्य ९ लाख ७० हजार डलर छ ।
saleen-s7-twin-turbo
सलिन एस-७ ट्वीन टुर्बो-:
अमेरिकीहरूको चाहनाअनुसार कार निर्माण गर्ने सलिन कम्पनीले निर्माण गरेको ट्वीन टुर्बो विश्वकै तेस्रो तीव्र गतिमा कुद्ने कार मानिन्छ । यो कार  चलाउँदा अमेरिकी नागरिक हुनुको गर्व महसुस हुने चर्चा चलेपछि यसले अझ लोकपि्रयता पायो । २ सय ४८ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय मूल्य ५ करोड ८८ लाख रुपैयाँ छ ।
ssl ultimate aero
एसएससी अल्टिमेट एरो-:
अमेरिकी कार निर्माता एसएससीले निर्माण गरेको अल्टिमेट एरोको उत्पादन पनि निकै कम संख्यामा गरियो । बुगातीको जस्तै २ दशमलव ७ सेकेन्डमै ६०  किलोमिटर प्रतिघन्टाको स्पिड लिने यो कार २ सय ५७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ५८ लाख रुपैयाँ छ ।
Pagani-Zonda-F
पागानी जोन्डा सी-१२ एफ-:
इटालीका कार निर्माताहरूमध्ये त्यति ठूलो नमानिने कम्पनी पागानीले निर्माण गरेको सी-१२ एफ पाँचौं तीव्र गतिको कार हो । २ सय १५ किलोमिटर  प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ६७ लाख रुपैयाँ छ ।
Koenigsegg_CCX
कोइनिगसेग सिसिएक्स-:
स्वीडेनको कार निर्माता कम्पनी कोइनिगसेसले उत्पादन गरेको सिसिएक्स मोडलको कार अहिले विश्वको चौथो तीव्र गतिमा कुद्ने कार मानिन्छ । २ सय ४५  किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड ८२ लाख रुपैयाँ छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment