![]() |
उनका आमाबाबुका अनुसार यी बच्चाको स्वरुप एक भारतीय देवतासँग मिल्दछ । उनिहरूले यस बच्चाको नाम ‘भगवान बालक’ (गड ब्वाइ) भनेर रखेका छन ।
हिन्दू धर्मशास्त्रमा जनाइए अनुसार देवीदेवताहरुको धेरैवटा हातखुटाहरू हुने गर्दछ । अहिले ती बच्चालाइ हेर्नका लागी मानिसहरूको ताँती लाग्न थालेपछि प्रहरीलाइ समेत यो भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।
चिकित्सकहरूले भने उक्त बच्चाको जन्म असामान्य रहेको बताएका छन तर अविकसित एकसाथ जोडिएका जुम्ल्याहा बच्चा भएको उनीहरूले जनाएका छन ।
उक्त बालकका परिवारले बालकलाई हिन्दू देवता ब्रम्हाजीको अवतार भएको दावी गरिरहेका छन्।
उता, प्रहरीले भने मानिसहरु पागल जस्तै बनेर ती बालक हेर्नका लागी जम्मा भइरहेको बताएका छन । सयौंको संख्यामा मानिसहर गल्लीमा रोइरहेका छन् । कतिपय त स्तब्ध समेत बनेका छन् । उनीहरुले ती बालकको जन्म हुनु संसारकै अन्त्यको संकेत हो समेत भनेका छन ।
यस घटनाले मिडियामा चर्चा पाएपछि अहिले उक्त ग्रमिण भेगमा रहेको बच्चाको घरमा मानिसहरूको मेला नै लागेको छ ।
![]() |
0 comments:
Post a Comment