विराटनगरको महावीर रोडमा बिहीबार राति आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गराएको विष्फोटमा दुई आन्दोलनकारी घाइते

फोटो :फाइल फोटो विराटनगर: विराटनगर ७ महावीर रोडमा बिहीबार राति आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अज्ञात वस्तु विष्फोट गराउँदा दुई आदोलनकारी घाइते भएका छन्। विष्फोट गराइएको बस्तुको अहिलेसम्म पहिचान हुन सकेको छैन। विष्फोटमा परेर विराटनगर ७ का ४३ वर्षीय भगतलाल केसरी र २७ वर्षीय श्याम साह घाइते भएका हुन् । दाहिने खुट्टाको औंलामा चोट लागेका घाइते केसरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। साह भने कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार गराएर घर फर्किएका छन्। प्रहरीले विष्फोट आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता गराएको जनाएको छ। मोर्चाले प्रहरीमाथि ढुँगा मुढा गरिरहेका बेला विष्फोट भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार प्रहरीलाई लक्षित गरेर गराइएको विष्फोटमा मोर्चाकै कार्यकर्ता घाइते भएका हुन्। मोर्चाले विराटनगरमा बिहीबार साँझ मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यस लगत्तै मोर्चाका कार्यकर्ताले घरका छतछतबाट प्रहरीमाथि ढुँगा मुढा गर्न थालेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा महाविर रोड क्षेत्र राति १२ बजे सम्म तनावग्रस्त बनेको थियो। प्रहरी निरीक्षक लम्सालका अनुसार तनावकाबीचमा मोर्चाले ढुँगामुढा प्रहार र प्रहरीले त्यसको डिफेन्स गरिरहेका बेला आन्दोलनकारीको भीडबाट विष्फोटको आवाज आएको थियो। प्रहरीले आन्दोलनकारीले विष्फोटका लागि तयार पारेर राखेको बम विष्फोट भएको हुन सक्ने आशंका गरेपनि त्यसको पुष्टि गर्न सकेको छैन। विष्फोट भएको बस्तुको पहिचान हुन नसक्दा कस्तो खालको विष्फोट हो भनेर ठिम्याउन नसकिएको प्रहरीले जनाएको छ। कहाँबाट, कसरी र कुन बस्तु विष्फोट भयो भन्ने कुरा पत्ता नलागेका कारण घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए। उनले आन्दोलनका नाममा विष्फोट गराइएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। मोर्चाका संयोजक एवं संघिय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले मोर्चाले नभइकन घुसपैठ गर्नेले विष्फोट गराएको दावी गरे। उनले मोर्चाको शान्तिपूर्ण आन्दोलन गर्ने मोर्चाको कार्यक्रम रहेको बताए। 'हाम्रो आन्दोलनलाई बद्नाम गराउन कसैले विष्फोट गराएको हुन सक्छ,' यादवले भने, 'आन्दोलनमा भइरहेको घुसपैठ रोक्न हामी लागिपरेका छौं।' अन्नपूर्णा पोस्ट
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment