भोलिको वार्तालाई सफल बनाउन कांग्रेस, एमाले र एमाओवादीको सक्रियता यस्तो छ

काठमाडौं : मधेसी मोर्चासँग बुधबार बेलुका हुने वार्तालाई निश्‍कर्षमा पुर्‍याउन कांग्रेस, एमाले र एमाओवादी आन्तरिक छलफलमा जुटेका छन्।
 
कांग्रेस पदाधिकारीको बैठक सभापति सुशील कोइराला निवास महाराजगञ्जमा अपरान्ह बसेको छ भने एमाले नेताहरुको बैठक बालुवाटारमा बसेको छ। त्यसैगरी एमाओवादीको केन्द्रीय समिति बैठक बसेको छ। पार्टीको आन्तरिक छलफल सकेर संभव भए मंगलबार बेलुका  वा बुधबार बिहान कांग्रेस र एमालेबीच संयुक्त बैठक गर्ने तयारी छ।
 
बालुवाटारमा बसेको एमाले पदाधिकारीहरुकाे बैठकले बुधबारको वार्तालाई सफल बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भोलिको वार्तालाई निर्णायक बनाउन गहन गृहकार्य भइरहेकाे बताए। 
 
मधेसी मोर्चाले राखेका मागमा साझा अवधारणा बनाउनका लागि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष तथा दोस्रो तहका नेताहरुबीच विभिन्न चरणमा अनौपचारिक छलफल भइरहेको छ।बुधबार बेलुकाका लागि तय गरिएको मधेसी मोचासँगको बैठकलाई निर्णायक बनाउन मुख्य दलहरु मंगलबार बिहानदेखि नै अनौपचारिक परामर्श तथा सम्वादमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक छलफलसँगै दुईपक्षीय र बहुपक्षीय वार्ता भइरहेको छ। 
 
अनौपचारिक तहमा भइरहेको छलफल सकारात्मक रहेकोले बुधबार हुने भनिएको मधेसी मोर्चासँगको वार्ता महत्वपूर्ण हुने र संभवतः बुधबार नै कुनै निश्कर्ष आउने आन्तरिक वार्तामा सहभागी एक सदस्यले बताए ।
 
सिमांकनलाई मधेसी मोर्चाले सहमतिको बटमलाइनको रुपमा प्रस्तुत गरेकोले यसमा सहमति भएपछि अरु विषयमा अल्झिने अवस्था नरहेको नेताहरुले बताएका छन्। मधेसी मोर्चाले सात प्रदेशको खाकामा रहेको पर्सादेखि सप्तरीसम्म र नवलपरासीदेखि बर्दियासम्म मधेसमा दुईवटा प्रदेश रहनुपर्ने र विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली, कंचनपुरको के कति भूभाग कुन प्रदेशमा राख्ने सम्बन्धमा सैद्धान्तिक आधार बनाएर राजनीतिक संयन्त्रबाट टुंगो लगाउन सकिने बटमलाइन प्रस्तुत गरेको छ।  
 
भोलिको बेलुकाको बार्तालाई फलदायी बनाउन प्रमुख तीन दलहरु अधिकतम लचिलो भएर प्रस्तुत हुने रणनीति बनाएका छन्। मधेसी मोर्चा पनि बुधबारको बार्तालाई निर्णयक बनाउनका लागि आन्तरिक छलफल तथा रणनीतिमा जुटेको छ। 
 
सोमबार निर्णायक छलफल गर्ने भनेर बोलाइएको बैठक थप आन्तरिक छलफल र गृहकार्य गरेर बुधबार बेलुका बस्ने गरी टुंगिएको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment