भारतीय दुतावास घेर्न पुगेका ३० जना समातिए

काठमाडौं, १७ मंसिर । भारतीय नाकाबन्दीको विरोधमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास घेर्न पुगेका ३० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै दुतावास घेर्न पुगेका अधिकारकर्मी लगायतका विभिन्न व्यक्तिहरुलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई दुतावासको गेटबाटै पक्राउ गरिएको हो ।
नाकाबन्दी तत्काल खोल्नु पर्ने, नेपालले पाउने अन्तर्राष्ट्रिय अधिकारको रक्षा गर्दै पारवहन अधिकार कार्यान्वयन लगायतका माग गर्दै दुतावास पुगे लगत्तै प्रहरीले उनीहरलाई नियन्त्रणमा लिएपछि अहिले त्यहाँको स्थिति सामान्य रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment