वार्ताका लागि अध्यक्षहरुको आवश्यकता छैन : उपेन्द्र यादव

सप्तरी, १६ मंसिर । आन्दोलनरत मधेशी मोर्चा र सरकारबीच बुधबार निर्णायक वार्ता हुने भनिएका बेला मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो वार्तामा मार्चामा आवद्ध दलका अध्यक्षहरुको आवश्यकता नपर्ने बताएका छन् ।
मधेसी पत्रकार संघ सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुको मुख्य माग संघीय सीमांकन हेरफेर नै स्पष्टै रहेकाले अध्यक्षहरुको आवश्यक नपर्ने बताएका हुन् । वार्ता टोलीसँग निर्णायक वार्ता गर्न सरकारलाई सुझाव दिएका उनले संघीय सीमांकन हेरफेरसँगै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशिता, नागरिकता, पहिचान र भाषिक अधिकार पनि सुरक्षित हुनु पर्ने आफूहरुको माग रहेको दोहोर्याए ।
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको बुधबार हुने वार्ता निर्णायक होस् भनि आफूहरु आशावादी रहेको बताएका यादवले सरकारले तराई मधेसस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लागू गरेको विशेष सुरक्षा योजना आन्दोलनलाई दबाउन भएको दावी गरे ।
मधेसीको आन्दोलनलाई भारतसँग जोडेर सरकारले गलत गरिरहेको भन्दै उनले चीनलाई जित्न भारतसित ब्ल्याकमेलिङ र भारतलाई जित्न चीनसित ब्ल्याकमेलिङ गर्ने काम तुरुन्त रोक्नुपर्ने भन्दै सबै छिमेकीसित समान व्यवहार गर्नु पर्नेमा जोड दिए ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment