गणेश थापालाई प्रतिबन्ध लगाएपछि एन्फाको पहिलो बैठक बस्दै

काठमाडौं, मंसिर १६ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज(वुधबार) बस्दैछ ।
एन्फा अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले १० वर्षका लागि प्रतिबन्ध लगाएपछि बस्न लागेको पहिलो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आज बैठक बोलाएकाहुन । तर श्रेष्ठको कार्यवाहक अध्यक्षको बैधानिक हैसियतमाथि नै केही असन्तुष्ट पदाधिकारीहरुले प्रश्न उठाएकाले आजको वैठक विवादित बनेको छ ।
एन्फाको संस्थापन पक्षले नरेन्द्र श्रेष्ठलाई कार्यसमितिले कार्यवाहक जिम्मेवारी दिएको अवस्थामा उनको हैसियतमाथि प्रश्न उठाउने ठाउँ नभएको दावी गर्दै आएको छ ।
तर विगत दुई वर्षदेखि गणेश थापा विरुद्ध आन्दोलनरत उपाध्यक्षहरु कर्मा छिरीङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई लगायतका पदाधिकारीहरु भने श्रेष्ठलाई कार्यवाहक मान्न तयार छैनन् ।
एन्फाको वैधानिक कार्यसमितिको वैठक बोलाएर नयाँ कार्यवाहक अध्यक्ष चयन गर्नुपर्ने उनीहरुको माग छ ।
यही अन्यौलका बीच आज बस्न लागेको एन्फा कार्यसमिति बैठकले आसन्न साफ च्याम्पियनसिप फुटबलमा नेपालको सहभागिता र फिफाले अध्यक्ष थापामाथि गरेको कारवाहीबारे महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment