आज छठ पर्व, छठ मनाउन विभिन्न स्थानका जलाशयमा व्रतालुको घुइचो :: Read More News>>

जनकपुरधाम, ३० कात्तिक - शुद्धता र आपसी सद्भावका रुपमा प्रचलित छठ पर्व मनाउन आज मनाइदै छ। पर्व मनाउन विभिन्न स्थानका इतिहास वर्णित जलाशयलाई बेहुली झैँ सिँगारिएको छ।

गङ्गासागर, अरगजा, रुक्मिणी, विहारकुण्ड, दशरथ तलाउ, महाराजसागर, धनुषसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रुपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक वर्ष छदेखि १५ हजार छठै तिन र छठका व्रतालुले छठ पर्व गर्ने गरेको अनुमान छ ।

जीवनदायी शक्ति सूर्य देवता र छठी माताको आराधना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । समाजका बूढापाकाका अनुसार यो पर्व आमा, बहिनीले खास गरेर पुत्र पाउने इच्छावश मनाउने गर्छन् भने केहीले पाएको सन्तानको सफल धनधान्य जीवनका लागि मनाउने गर्दछन् ।

मिथिला संस्कृतिमा छठ पूजा गर्ने व्यक्तिले पहिलो दिन अस्ताएको सूर्यलाई नै पूजा गरेर रातभरि जयामा बस्ने गर्दछन् र बिहान उदाउने सूर्यको प्रतिक्षारत रहँदा चढाउने प्रसाद दुई दिनपूर्वदेखि उपवास बसी तयार पार्ने गर्दछन् ।

छठ शब्द ‘षष्ठी शब्दको तद्भव’ रुप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । सूर्यको आरधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास छ ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।

छठ पर्वमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रुपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एकअर्काका पूरक हुन्छन् र एउटाको पूजा गर्दा दुवैका भागमा हुन्छ । षष्ठीका देवीलाई कात्तिकेयकी पत्नी मान्निछ र षष्ठी देवीलाई प्रकृतिको छैटौँ अंश र देवसेना पनि भनिन्छ ।

पौराणिक ग्रन्थमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश बनेकै कारणले मानव जीवनमा सात अङ्कको अधिक महत्व रहेको छ । संस्कृतिविद् डा राजेन्द्र विमल षष्ठीका दिन बेलुकी अस्ताउन थालेको सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ तथा सप्तमीको उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्नुहुन्छ ।

डा विमलका अनुसार मिथिलामा सूर्य पूजाको परम्परा अत्यन्त प्राचीन रहेको छ । सूर्यकै आराधनाबाट याज्ञवल्क्यले ज्ञान प्राप्त गरेका थिए । मानदेवका समयमा विसं ५३८ मा स्थापित सूर्यमूर्ति, नेपाल संवत् १७९ मा नक्सालमा स्थापित सूर्यमूर्ति, नेपाल संवत् १८५ मा पाटनमा स्थापित सूर्यमूर्ति, लिच्छवीकाल उपत्यकामा स्थापित सूर्यमूर्तिले पनि सूर्य पूजा परम्परा रहेको सिद्ध हुन्छ । रासस -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment