|
काठमाडौँ, १ मंसिर । भारतको अघोषित नाकाबन्दीपछि निकै कडाइ गरेको भारतीय आयल निगम आइओसीले तिहारपछि इन्धन आपूर्ति केही बढाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालबाट इन्धन भर्न गएका ट्यांकर लोडिङमा केही खुकुलो गर्दै आपूर्ति बढाएको हो ।
नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्यसमय भन्दा केही खुकुलो पारेको बताए । निगमका अनुसार हिजोआज लाडिङका लागि गएकामध्ये दैनिक ३० देखि ३५ प्रतिशतसम्म ट्यांकरहरु लोड भइरहेका छन् ।
|
0 comments:
Post a Comment