साउथह्याम्पटन सफल भिल्लारियलद्वारा सेभिया पराजित

कार्तिक १७, २०७२- इङलिस प्रिमियर लिगमा साउथह्याम्पटनले स्थानीय डर्बीमा आइतबार बर्नमाउथलाई २–० ले हरायो। यी दुई टिम प्रिमियर लिगमा भिडेको यो पहिलोपल्ट हो। बर्नमाउथले साउनह्याम्पटनको घरमा अहिलेसम्म जित निकाल्न सकेको छैन। यसअघि एभरटनले सन्डरल्यान्डलाई ६–२ ले हरायो। यस हारले सन्डरल्यान्डरको समस्या अझ चर्केको छ र रेलिगेसनबाट बच्न संघर्ष गर्नुपर्ने तय देखिएको छ। 

भिल्लारियलद्वारा सेभिया पराजित
म्याड्रिड– स्पेनी ला लिगामा भिल्लारियलले घरमा सेभियालाई २–१ ले हरायो र अंक तालिकामा आफ्नो स्थिति सुधार गर्‍यो। 

जितले भिल्लारियलको २० अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ। यस्तै भ्यालेन्सियाले पनि घरमा लेभान्टेमाथि ३–० को जित दर्ता गर्‍यो र सातौं स्थान कब्जा गर्‍यो। भ्यालेन्सियाको १५ अंक भएको छ। रियल म्याड्रिड र बार्सिलोना समान २४ अंकमा शीर्षस्थानमा छन्।

http://assets-cdn.ekantipur.com/images/third-party/sports/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment