|
कार्तिक १७, २०७२- जेम्स टेलरले बनाएको आफ्नो पहिलो अर्धशतक मदतले इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन सोमबार बलियो जवाफ फर्काएको छ। दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड चार विकेट गुमाएर २ सय २२ रनको स्थितिमा छ। सन् २०१२ यता पहिलो टेस्ट खेलिरहेका २५ वर्षीय टेलरले पाकिस्तानी बलिङ आक्रमणलाई निराश पार्दै ७४ रन बनाएर खेलिरहेका छन्।
उनलाई ३७ रनमा नटआउट जोनी बियरस्ट्रले साथ दिइरहेका छन्। उनीहरूले सारजहा स्टेडियममा पाँचौं विकेटका लागि ८३ रनको नटआउट साझेदारी गरिसकेका छन्। यस्तोमा इंग्ल्यान्ड पाकिस्तानको पहिलो इनिङ्सबाट १२ रनले मात्र पछाडि रहेको छ र उसका छ विकेट बाँकी छन्। तीन टेस्टको सिरिजमा अब इंग्ल्यान्डले निर्णायक प्रदर्शन गर्न सक्नेछ। अहिले पाकिस्तान तीन टेस्ट सिरिजमा १–० ले अगाडि छ।
अबुधाबीमा भएको पहिलो टेस्ट बराबरीमा टुंगेपछि दुबईमा भएको दोस्रो टेस्ट पाकिस्तानले जितेको थियो। टेलरले पाकिस्तानी स्पिन बलरद्वय यासिर साह र जुलफिकर बाबरविरुद्ध सुदृढ ब्याटिङको नमुना पेस गरे। तीन वर्ष अगाडि दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेयता टेलरले अहिले फेरि इंग्ल्यान्डका लागि खेल्ने अवसर पाएका हुन्। उनले वाहब रियाजको बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरे।
उनले यसका लागि ठीक सय बलको सामना गरे। उनले अहिलेसम्म समग्रमा १ सय ४१ बलको सामना गरेर छ चौका प्रहार गरिसकेका छन्।
टेलर क्रिजमा आउँदा भने इंग्ल्यान्ड तीन विकेट गुमाएर ९७ रनको खराब स्थितिमा थियो। कप्तान एलिस्टर कुक ४९ रन बनाएर आउट भए। जोए रुट पनि सस्तोमा विकेट गुमाउन बाध्य रहे। टेलरले ४० रन बनाएका इयान बेलसँग मिलेर चौथो विकेटका लागि ४२ रन थपे।
पाकिस्तानका लागि साहले ७९ रन खर्चेर दुई विकेट लिएका छन्। बाबर भने २५ ओभरमा विकेटविहीन छन्। इंग्ल्यान्डले बिनाविकेट क्षति चार रनबाट अगाडि खेल्न सुरु गरेको थियो। मोइन अलीलाई १४ व्यक्तिगत रनमा गुमाएपछि बेल र कुकले दोस्रो विकेटका लागि ७१ रनको ठोस साझेदारी गरे। कुकले १ सय १९ बलको इनिङ्समा चार चौका प्रहार गरे। उनी अर्धशतक बनाउनबाट एक रनले चुके।

0 comments:
Post a Comment