निजी सवारीसाधनलाई लट अनुसार यसरी बितरण गरिदै छ तेल

काठमाडौँ १७ कार्तिक । चीन सरकारले अनुदानमा उपलब्ध गराएको पेट्रोल अत्यावश्यक र निजी सवारीसाधनलाई बिक्री गरिने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको बैठकले निजी क्षेत्र (रातो नम्बर प्लेट) का मोटरसाइकल, कार, भ्यान र जिपसहित अत्यावश्यक सवारीसाधनलाई प्राथमिकतामा राखेर बिक्री गर्ने निर्णय गरेको छ ।
यसका लागि चीनबाट सोमबार आइपुग्ने र मौज्दात रहेको पेट्रोल परिचालन गरिने छ । निगमसँग १२ हजार किलोलिटर इन्धन मौज्दात छ । चीनले अनुदान सहयोगमा उपलब्ध गराउने पहिलो लटको एक लाख १७ हजार लिटर पेट्रोल बिक्री गरिनेछ । निगमका एलपीजी विभागका प्रमुख मुकुन्द घिमिरेका अनुसार यसअघि सबै सवारीसाधनलाई इन्धन उपलब्ध गराउदैँ आएको निगमले तीन दिन निजी सवारीसाधनलाई मात्र इन्धन उपलब्ध गराउने भएको हो ।
उनका अनुसार आगामी तीन दिन काठमाण्डुका ५० भन्दा बढी पेट्रोल पम्पबाट इन्धन बिक्री गरिनेछ । सवारीसाधनको लट संख्याको आधारमा इन्धन बिक्री गरिनेछ । बिहीबार एकदेखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ लट संख्याभन्दा माथिका मोटरसाइकललाई इन्धन बिक्री गर्ने निगमले जानकारी दिएको छ ।
मोटरसाइकललाई पाँच लिटर र चार पाग्रें सवारीसाधनलाई १० लिटर इन्धन बिक्री गरिनेछ । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलको साविककै मूल्य (१०४ रुपैयाँ) मा अहिलेकै प्रक्रियाअनुसार निजी सवारीसाधनलाई प्राथमिकतामा राखेर बिक्री गरिने जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment