|
काठमाडौँ १७ कार्तिक । वीरगञ्ज घटनापछि उत्पन्न तनावसंगै भारतीयपक्षले बन्द गरेको नेपालगञ्ज रुपैडिहा नाका गएरातिबाट सुचारु भएको छ । हिजो दिनभरी ठप्प परेको सिमा नाका गएराति देखि भारतले गएराति ९ टयाङकर इन्धन सहितका ४१ मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।
आज बिहानैदेखि नाका संचालन भएको र मालवाहक गाडी लगायत अन्य खाद्यन बोकेका गाडीहरु धमाधम नेपाल भित्रिएको छ । रुपैडिहा नाका भारतीय सुरक्षा र भन्सारका अधिकारीले छिनछिनमै नाका बन्द गर्ने र सुचारु गरिरहेका छन् ।
|
0 comments:
Post a Comment