यी हुन बदामका ५ फाइदाहरू

काठमाडौं, सर्दिमा बदाम खाँदा हुने मज्जा त यो मौसमा झनै बढि हुने गर्दछ । कयौं अनुसन्धानहरूले बदामको सेवनले स्वास्थ्यमा पुर्याउने फाइदाहरूका बारेमा बताएका छन । आउनुस हामी पनि यो बदाम सेवनबाट हुने फाइदाहरूका बारेमा यहाँ चर्चा गर्दछौं ।
बदाममा फ्याट्स हुन्छ, जसले मानिसहरूको तौल घटाउनमा मद्दत गर्दछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्दछ । यहि कारणले हेल्थ एक्सपर्टहरू अब तौलमा नियन्त्रण राख्नका लागी सामान्य मक्खनको सट्टामा पीनट बटरको सेवन गर्नमा जोर दिने गर्दछन ।
बदामको सेवनले शरीरमा शुगरको मात्रा नियन्त्रित रहने गर्दछ । विशेषज्ञहरूका अनुसार हाई कार्बोहाइड्रेट भएको हेवी नाश्ता पछि केही दाना वदाम खाएमा शुगर कन्ट्रोलमा रहने गर्दछ ।  
बदाममा विटामिन बी 3 को मात्रा धेरै हुने गर्दछ, जसले दिमागलाइ सक्रिय राख्नमा मद्दत गर्दछ र स्मरणशक्ती समेत राम्रो हुने गर्दछ ।
बदाममा एन्टीअक्सीडेन्ट्स राम्रो मात्रामा हुन्छ, जसले शरीरको प्रतिरोधी क्षमता बढाउँदछ र रोगबाट लड्नमा शरीरको मद्दत गर्दछ । 
बदामको दाना इनर्जीको ठुलो स्रोत हो । यही कारण व्रतका क्रममा फलाहारका रूपमा यसको सेवन धेरै गर्ने गरिन्छ ।   
यो उपयोगी बदामको सेवन आजबाटनै थाल्ने हैन त ?

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment