नेपालको नाकाबन्दीले भारत विश्वसामु नांगिँदै’ :

भक्तपुर : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालमा लगाएको अघोषित नाकाबन्दीले भारतको चरित्र विश्वसामु नांगिँदै गएको बताएका छन् । 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा उनले द्वन्द्वका समयमासमेत रोक्न नमिल्ने अत्यावश्क बस्तुहरुमा लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यता बिपरित भएकाले भारतको चरित्र विश्वसामु नांगिँदै गएको बताए । 

भारतभित्र र विश्वभर भारतको नाकाबन्दीको तीब्र बिरोध बढ्दा पनि नरेन्द्र मोदी र भारतका केही राजनीतिज्ञहरुको अहमताका कारण तत्कालै नाकाबन्दी नखुल्ने ज्ञवालीको भनाइ थियो । 

सचिव ज्ञवालीले इन्धनको भन्दा पनि औषधिको निर्यात रोकेर भारतले पारवाहन सन्धिको उल्लंघन गर्दै अमानवीय व्यवहार प्रदर्शन गर्नु मानवताविरोधी क्रियाकलाप भएको टिप्पणी गरे । 

भारतले गरेको नाकाबन्दीपछि चीनसँग गर्न थालिएको इन्धनको सम्झौतामा आयल निगमको कम्जोरी, केही कर्मचारीको खराब नियत र केहीमा कार्यदक्षताको कमीले समेत सम्झौताले तीब्रता पाउन नसकेको उनको भनाइ थियो । 

‘चीनसँगको इन्धन सम्झौतामा बेइमानी गर्ने निगमका कर्मचारीलाई कारवाहीको दायरमा ल्याउने सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ’, उनले भने, ‘नेपाल सरकारले विभिन्न मुलुकबाट इन्धन आपूर्तिका लागि बिकल्प समेत खोजी रहेको छ ।’

इन्धनको अभावलाई मध्यनजर गर्दै सरकारले गरेको दाउरा वितरण दीर्घकालिन समस्या समाधानको उपाय नभए पनि यसले केही राहत दिने भएकाले सरकारले दाउरा बितरण प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

‘तराई आन्दोलनले तराईको भविष्य नै अन्धकारतर्फ धकेलेको उनले बताए । ‘यो कस्तो आन्दोलन हो ? जसले आफ्नै नागरिकको भविष्य अन्धकार पार्दैछ’, उनले भने, ‘नेपालीको समस्या नेपालीले नै समाधान गर्ने भएकाले वार्ताको माध्यमबाट तत्काल समस्याको सम्बोधन गर्न समेत मधेसी दलहरुलाई आग्रह गर्छु ।’
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment