|
विराटनगर-भारतले अघोषित नाकाबन्दी लगाएयता पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको छ । जसमध्ये १ सय ८ ट्यांकर पेट्रोल, ३ सय ५७ ट्यांकर डिजेल र १ सय ६ वटा ग्यास बुलेट काठमाडौं पठाइएको छ ।
दसचक्के एउटा ट्यांकरमा २० हजार र ६ चक्केमा १२ हजार लिटर पेट्रोलियम (पेट्रोल–डिजेल) पदार्थ अट्छ । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौं पठाउन दसचक्के ट्यांकरकै प्रयोग भइरहेको स्रोतको भनाइ छ । काठमाडौं पु¥याइएका १ सय ८ ट्यांकरमा २१ लाख ६० हजार लिटर पेट्रोल थियो । ५ लिटरकै दरले वितरण गर्ने हो भन्ने जोगबनी नाकाबाट मात्रै काठमाडौं पुगेका पेट्रोल ४ लाख ३२ हजार सवारीसाधनले पाउँछ । असोज १८ देखि कात्तिक २९ गतेसम्म जोगबनी नाकाबाट विराटनगर डिपो आइपुगेका पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत गृह मन्त्रालयको निर्देशनमा काठमाडौं पुर्याइएको छ ।
काठमाडौंवासी भने पेट्रोलियम पदार्थको चरम अभाव झेल्दैछन् । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये २५ प्रतिशत अर्थात् ३६ ट्यांकर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा वितरण गरिएको छ । छचक्के ट्यांकरको इन्धन विराटनगरमै राखिएको स्रोतको भनाइकै आधारमा एउटा ट्यांकरमा १२ हजार लिटर पेट्रोल हुन्छ । ३६ ट्यांकरलाई १२ हजारले गुणन गर्दा ४ लाख ३२ हजार लिटर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा आपूर्ति भएको छ । तर, कोसी–सगरमाथा अञ्चलमा पनि इन्धन वितरण सहज हुन सकेको छैन । नाकामा अवरोध भएयता विराटनगरका उपभोक्ताले लाइन लागेर ५ पटक ५ सय रुपैयाँको पेट्रोल मात्र लिन पाएका छन् ।
'जोगबनी नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ काठमाडौं नपठाएको भए यहाँ छेलोखेलो हुन्थ्यो,' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, कोसीका उपाध्यक्ष अरबिन्द शर्माले भने, 'काठमाडौंको अभाव टार्न यहाँबाट इन्धन पठाइयो, त्यहाँका जनताले पनि पाएका छैनन्, आखिर त्यत्रो तेल गयो कहाँ ?' एक पेट्रोलियम व्यवसायीका अनुसार आयल निगमको ट्यांकर बाहेक पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ काठमाडौं गइरहेकै छ ।
असोज ७ देखिको नाकाबन्दीले जोगबनी नाकाबाट १२ दिन आयात–निर्यात पूरै ठप्प रह्यो । दुवै देशका उद्योगी–व्यवसायी, प्रशासन, भन्सारका अधिकारी र ट्रान्सपोर्ट एसोसिएसनका पदाधिकारीबीच सहमतिमा असोज १८ देखि जोगबनी नाका सुचालु भएको हो । जोगबनी खुलेलगत्तै गृहले मोरङ प्रशासनलाई पत्र लेख्दै भित्रिएको मध्ये ७५ प्रतिशत काठमाडौं पठाइदिन पत्राचार गरे ।
'गृहकै निर्देशनमा हरेक रात स्कर्टिङ गरेर पेट्रोलियम पदार्थ काठमाडौं पठाइरहेका छौं,' सुरक्षानिकायका एक अधिकृतले नागरिकसँग भने, 'जोगबनी नाकाबाट भित्रिएको इन्धनको ७५ प्रतिशत आयल निगमको क्षेत्रीय डिपोमा लगत राखेर सिधै काठमाडौं गइरहेको छ ।'
नेपाल आयल निगम क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार उसको कार्यक्षेत्र कोसी र सगरमाथा अञ्चलका १२ जिल्लामा दैनिक ३० ट्यांकर पेट्रोलियम पदार्थ खपत हुन्छ । जसमा २ लाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल पर्छ । यो सामान्य अवस्थाको माग हो । 'बन्द र पेट्रोलियम पदार्थ अभावले बाटोमा ३ महिनादेखि गाडी गुडेको छैन,' एक पेट्रोलियम व्यवसायीले भने, 'तर पनि इन्धन अभावै छ ।' आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोले भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । निगमका क्षेत्रीय प्रमुख खिलेन्द्र कार्कीले पेट्रोलियम पदार्थ आपूर्ति तथ्यांक दिन नमिल्ने बताए ।
नाकाबन्दीयता जोगबनी नाकाबाट भित्रिएको ४ सय ७७ ट्यांकर डिजेलमध्ये ३ सय ५७ काठमाडौं लगिएको छ । ७१ लाख ४० हजार लिटर डिजेल त विराटनगरबाटै काठमाडौं पु¥याइएको छ । १० लिटरको दरले मात्रै वितरण गरिएको भए काठमाडौंका ७ लाख १४ हजार गाडीले विराटनगरबाट गएको डिजेल पाउँथे । कोसी–सगरमाथामा बिक्री–वितरणका लागि राखिएको २५ प्रतिशत अर्थात् १ सय १९ ट्यांकरमा १४ लाख २८ हजार लिटर डिजेल बाँकी हुन्छ । १ सय १९ ट्यांकरलाई १२ हजारले गुणन गर्दा निस्केको परिमाण हो यो ।
जिल्ला प्रशासन कार्यालयको सिफारिसबिना यहाँ डिजेल वितरण गरिएको छैन ।
नाकाबन्दीपछि जोगबनीबाट भित्रिएको १ सय ४२ वटा ग्यासका बुलेटमध्ये १ सय ६ वटा काठमाडौं पुगेको छ । एक बुलेटमा १४ दशमलव २ किलोका दरले १ हजार २ सय ७० सिलिन्डर ग्यास हुन्छ । विराटनगरबाट मात्रै काठमाडौं पुगेका १ सय ६ वटा ग्यास बुलेटबाट १ लाख ३४ हजार ६ सय २० वटा सिलिन्डर भरिन्छ । दिनहुँ लाममा बस्दा पनि काठमाडौंका उपभोक्ताले ग्यास पाएका छैनन् । त्यहाँ खान पकाउन दाउरा वितरण हुन थालेको छ । ग्यास बाँड्ने आश्वासन दिएर पनि उपभोक्तालाई रित्तो हात फर्काइँदैछ ।
काठमाडौं पठाएर कोसी–सगरमाथाका लागि बाँकी राखिएको ३५ बुलेटबाट ४४ हजार ४ सय ५० वटा सिलिन्डरमा ग्यास भरिन्छ । भारतीय सीमासँगै जोडिएको विराटनगरकै उपभोक्ता ग्यासका लागि हैरान छन् ।
तिहारयता जोगबनी नाकाबाट पेट्रोलियम पदार्थसहित अन्य वस्तुको आयातमा सहजता देखिएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार सामान आयातमा नाकामा अवरोध छैन, पेट्रोलियम ट्यांकर निर्वाध आइरहेका छन् ।
काँकडभिट्टाको इन्धन पनि काठमाडौं
झापा संवाददाता राजु अधिकारीका अनुसार केही दिनदेखि इन्धन आयात ठप्प रहेको पूर्वी नाकाबाट सोमबार १ सय २० किलोलिटर डिजेल र ४० किलोलिटर पेट्रोल नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयका अनुसार ग्यासको एउटा बुलेट पनि नेपाल भित्रेको छ ।
भारतले नाका बन्द गरेयता झापाबाट काठमाडौं पनि धेरै इन्धन गएको छ । नेपाल आयल निगमको झापास्थित कार्यालयका अनुसार विराटनगर हुँदै काठमाडौं पठाइएको पेट्रोल र डिजेलको परिमाण ठूलो छ ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले दिएको जानकारीअनुसार असोज ६ बाट सुरु भारतीय नाकाबन्दीपछिको अवधिमा ७२ हजार लिटर पेट्रोल राजधानी पठाइएको छ । १ लाख २० हजार लिटर डिजेल पनि राजधानी पठाइएको छ ।
नाकाबन्दीको सुरुसुरुमा पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल भित्रने इन्धन सबै पूर्वमै खपत हुने गरेको थियो । तर, राजधानीमा हाहाकार भएपछि सरकारले राजधानी पठाउन निर्देशन गरेको थियो ।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका प्रवक्ता निर्माणकुमार भट्टराईका अनुसार असोजभरि पूर्वी नाकाबाट १२ लाख ८२ हजार लिटर पेट्रोल आयात भएको छ । ८८ हजार लिटर मट्टीतेल, २ लाख ४० हजार लिटर हवाई इन्धन, १८ लाख ९६ हजार लिटर डिजेल र ७ लाख २६ हजार ९ सय ५१ केजी एलपी ग्यास पनि नेपाल भित्रिएको छ ।
कात्तिकमा मात्र काँकडभिट्टा नाकाबाट ४ लाख ५८ हजार लिटर पेट्रोल, १५ लाख ४२ हजार लिटर डिजेल, २ लाख ४० हजार लिटर हवाई इन्धन र ८ सय ६२ किलो ग्यास नेपाल भित्रिएको छ ।
बुटवल, संवाददाता शेरबहादुर केसीका अनुसार काठमाडौंलाई इन्धन आपूर्ति गर्ने प्रमुख नाका रक्सौलबाट आयात ठप्प रहे पनि अन्य नाकाबाट आएको इन्धनले भरथेग भइरहेको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय, भलबारीले दिएको जानकारीअनुसार असोज १२ देखि कात्तिक ३० सम्मको अवधिमा यहाँबाट काठमाडौंका लागि १ हजार १६ केएल पेट्रोल र २ हजार २० केएल डिजेल गएको छ । भारतको बैतालपुरबाट यो अवधिमा इन्धन आयात अनियमित भइरहेको छ । इन्धन आएका बेला काठमाडौं पठाएको र नआएका बेला पठाउन नसकेको आयल निगम, भलबारीका सहायक प्रबन्धक रामजी ज्ञवालीले जानकारी दिए ।
कात्तिक दोस्रो साता बेलहिया नाकाबाट पहिलेको तुलनामा इन्धन आपूर्ति बढेको थियो । यस नाकाबाट सातामा पेट्रोल ५ सय ७६ र डिजेल २ हजार ६ सय ८४ केएल आएको ज्ञवालीले जानकारी दिए । 'तेस्रो सातामा इन्धन आयात ठप्प भयो । अहिले तीन दिनयता पुनः इन्धन आयात बढेको छ,' सहायक प्रबन्धक ज्ञवालीले भने ।
कात्तिक दुई साता भलबारी डिपोमा २ सय ४ केएल पेट्रोल र ९ सय केएल डिजेल आएको तथ्यांक छ । असोजको तीन सातामा निकै न्यून आयात भएको थियोे । पेट्रोल ३ सय ४४ केएल र डिजेल ३ सय ७२ केएल आयात भएको आयल निगम भलबारी क्षेत्रीय कार्यालयको रेकर्डमा उल्लेख छ । भलबारी क्षेत्रीय डिपोमा पेट्रोल १ सय ४० केएल र डिजेल ३ हजार ४० केएल स्टोर गर्न सक्ने क्षमता छ । नाकाबन्दी हुने बेला असोज पहिलो साता पूर्ण क्षमतामा स्टोर थियो । काठमाडौं र पोखराको माग थेग्न पठाएको ज्ञवालीले जनाए ।
उनले असोज १२ देखि हालसम्म भलबारी डिपोमा १ हजार १ सय २४ केएल पेट्रोल र ३ हजार ९ सय ५६ केएल डिजेल आएको जानकारी दिए । सामान्य अवस्थामा यो डिपोमा दैनिक ५ सयदेखि ६ सय केएल डिजेल र १ सय ५० केएल पेट्रोल आउने गरेको थियो ।
आयात ५० प्रतिशत कम
धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार नाकाबन्दीमा सुदूरपश्चिमी नाकाबाट कोटाभन्दा ५० प्रतिशत कम तेल आयत भएको छ । कात्तिकमा २० लाख लिटर तेल कम आयात भएको नेपाल अयाल निगम क्षेत्रीय कार्यालय, धनगढीका प्रमुख शरद पौडेल बताउँछन् ।
सुदूरपश्चिममा भित्रिने गौरीफन्टा नाकामा मधेसी मोर्चा तथा थरुहट, थारुवान संयुृक्त संघर्ष समितिको कुनै अवरोध नभए पनि भारतीय बनथरा डिपोले ५० प्रतिशत कम तेल दिएको हो ।
'५० प्रतिशत कम तेल आयात भएको छ,' निगमका क्षेत्रीय प्रमुख पौडेल भन्छन्, 'हामीले तेल बिक्री पनि ५० प्रतिशत गरेका छौं ।'
०७१ कात्तिकमा ६ लाख १२ हजार लिटर पेट्रोल भारतीय तेल डिपोबाट आयात भएको तथ्यांक छ । स्टकसहित मिलाएर कात्तिक महिनामा ६ लाख ४७ हजार लिटर पेट्रोल बिक्री भएको छ । यस वर्ष कात्तिकमा ४ लाख २८ हजार लिटर पेट्रोल आयात भएको छ । ४ लाख २२ हजार लिटर बिक्री भएको निगमका क्षेत्रीय प्रमुख पौडेल बताउँछन् ।
गत कात्तिकमा ३९ लाख ४० हजार डिजेल आयात भएकोमा स्टकसहित ३९ लाख ६६ हजार लिटर बिक्री भएको विवरण डिपोमा छ । यस वर्षको कात्तिकमा २४ लाख ४८ हजार लिटर आयात भएको छ भने २४ लाख ३१ हजार लिटर बिक्री भएको छ ।
यो तथ्यांकका आधारमा गत वर्षभन्दा यस वर्ष करिब १७ लाख लिटर तेल कम आयात भएको छ । प्रत्येक वर्ष अघिल्लो वर्षको अनुपातमा १० देखि २० प्रतिशत तेल थप खपत हुने गरेको पौडेलको भनाइ छ । कात्तिकमा मागको तुलनामा २० लाख लिटर कम तेल आयात भएको उनी बताउँछन् ।
बनथरा डिपोप्रमुख जयराज हन्सदाले प्रत्येक दिन यति मात्र तेल दिनु भनेर निर्देशन आउने गरेकाले मागअनुसार तेल दिन नसकिएको बताए ।
जोगबनी नाकाबाट काठमाडौं पुगेको इन्धन
असोज १८ देखि कात्तिक २९ गतेसम्म
पेट्रोल : १०८ ट्यांकर (२१ लाख ६० हजार लिटर)
डिजेल : ६८५ ट्यांकर (७१ लाख ४० हजार लिटर)

0 comments:
Post a Comment