|
काठमाडौं, ३० कात्तिक । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले मुलुकमा अराजतकता मच्चाएर नभइ वार्ताको माध्यमबाट समस्याको निकास खोज्नु पर्ने सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री राईले मन्त्री राईले समस्याको निकास खोज्नुको साटो आन्दोलनलाई जारी राखिरहे आन्दोलनको भित्र अर्कै कुरा रहेको प्रस्ष्ट हुने बताए । यद्यपी भित्री कुरा बारे भने केही जानकारी गराएनन् ।
राजनीतिक सहमतिको आधारमा मात्रै सीमांकनमा रहेको मतभेद टुङ्गयाउन सकिने भन्दै उनले जनतालई रुवाएर समाधान खोज्ने तरिका स्वीकार्य नहुने धारणा राखे । अहिले नाकाबन्दी भन्दा पनि भुकम्प पीडितलाई खाने, बस्ने ब्यवस्थामा लाग्नु पर्ने बेला भएको उनको भनाइ छ ।
विश्वले संविधानको स्वागत गरे वापत अकारण बेहोर्नु परेको नाकाबन्दीले मानवीय संकट बेहोर्नु परेको भन्दै उनले सरकार अकारण सृजित समस्याको तत्काल समाधान गर्न तत्पर रहेको आश्वासन दिए ।
|
0 comments:
Post a Comment