|
नेपालगन्ज–भारतीय पक्षले बन्द गरेको रुपैडिहा नाका मंगलबार बिहानबाट सञ्चालनमा आएको छ। नाका खुलेपछि बिहान करिव १२ वटा मालबाहक सवारी साधन नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।

भारतबाट इन्धन बोकेका ट्यांकर भने नआएको जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताए। एसएसबीले सोमबार बेलुका ७ बजेदेखि नाका केही खुकुलो पारेको थियो।
नाका खुलेपछि चहल पहल बढेको प्रहरीले जनाएको छ। भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहान अचानक नेपालतिरका सवारी साधन भारत प्रवेश गर्न दिएको गिरीले बताए। माथिबाट रोक्न आदेश आएको भन्दै एसएसबीले सोमबार बिहान ११ बजेबाट सुरुमा नेपाली नम्बर प्लेट र दिउँसोदेखि सबै सवारी साधन भारत प्रवेशमा रोक लगाएको थियो।

0 comments:
Post a Comment