संसदमा मधेशी मोर्चाको नाराबाजी

काठमाडौं, ६ मंसिर । गएको कात्तिक २२ गतेदेखि संसदमा फर्केको मधेशी मोर्चाले सदन आन्दोलन जारी राखेका छन् । संघीय सीमांकन हेरफेरको मूख्य माग राखेर तीन महिना भन्दा बढी समय देखि सडक आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गएको कात्तिक २२ गते देखि सदन आन्दोलन पनि जारी राखेका हुन् ।
samsad abrudha
उनीहरुको नाराबाजीका कारण आइतबारको व्यवस्थापिका संसद बैठक आवरुद्ध भएको छ । उनीहरले संसद बैठकमा रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख ओनसरी घर्तीले यही मंसिर १० गते सम्मका लागि स्थगित भएको जानकारी गराएकी थिइन् ।
यसअघि आइतबारको संसद बैठक सुरु हुनासाथ विपक्षी दलका कार्यबाहक सभापति रामचन्द्र पौडेलेले विशेष समय लिएर संविधान संशोधन विधेयक अघि बढाउन सरकारलाई आग्रह गरे ।
लगतै मधेसी मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले बोल्न समय मागे । कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै उभिएर बसेकाले सभामुख वनसरी घर्तीले समय दिन नसकिने बताए ।
त्यस लगतै मधेसी मोर्चा अवद्ध दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरे । नाराबाजीमा मधेसी मोर्चालाई थरुहट तराई पार्टी लगायतका साना दलका सांसदले समेत साथ लिएका थिए । रोष्टम घेर्ने सांसदहरुले सप्तरी घटना दोषीलाई कारबाही गर्नु पर्ने लगायतका माग गरेका छन् ।
शनिबार सप्तरीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको ज्यान गएको थियो भने आइतबार सो क्षेत्र तनावग्रस्त बनेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment