|
काठमाडौं: नेपाल प्रहरीले सफलतापूर्वक बीरगंज-रक्सौल नाकामा अवरोध गरिरहेका आन्दोलनकारीलाई धपाउन सफल भएको थियो। उक्त अवरोध हटाउने क्रममा पक्राउ परेका पाँच जना मध्ये दुई भारतीय नागरिकहरु थिए।
अवरोध हटाएपछि नेपाली भूभागमा केही हप्तादेखि अलपत्र परेका सबै भारतीय ट्रकहरु बिहान १०:३० बजे भारत तिर प्रवेश गरे। त्यसलगत्तै भारतीय भूमिबाट एक हुल मानिस नेपाल भारत मितेरी पुल हुंदा दसगजातर्फ प्रवेश गरे।
उक्त पुलमा रहेका नेपालीसुरक्षाकर्मीहरु अन्तराष्ट्रिय सीमानाको संवेदनशीलताप्रति सजग हुंदै नेपालतिर पछि हट्दै गरेका बेला भारतीय भूमिबाट आएको हूल एक्कासी हिंसात्मक बन्दै हाम्रा सुरक्षाकर्मीमाथि ढुंगा बर्साउन थाल्यो। उक्त हूलले नेपाली सुरक्षाकर्मीमाथि पेट्रोल बम पनि प्रहार गर्यो।
सो आक्रमणबाट १७ जना प्रहरी घाइते भए। त्यो भिडले प्रहरी वीरगंजस्थित चौकीमा समेत आक्रमण गर्यो। प्रहरी अत्यन्तै संयमितताका साथ आन्दोलनकारीलाई चेतावनी दिइरह्यो। प्रहरीले उनीहरुमाथि टियर ग्यांस प्रहार गर्यो।
तर केही सिप नलागेपछिप्रहरीले स्थिती नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्न बाध्य भयो जसबाटआन्दोलनकारीमध्येका एकजना भारतीय नागरिक आशिष कुमार रामको मृत्यु भयो। उल्लिखत घटनाका कारण ति भारतीय नागरिकको निधन भएकोमा यो मन्त्रालयलाई पछुतो लागेको छ।
नेपाल सरकार संवादका माध्यबाट राजनीतिक समस्याको समाधान गर्नका लागि प्रतिबद्द छ। संवादको क्रम अन्त्यन्तै सकारात्मक रुपमा अघि बढिरहेको पनि छ।
नेपाल सरकार कानुन र बिधिको कार्यान्वयन गर्दै नेपाली र कुनै पनि बिदेशी मुलुकका यातायात ब्यवसायी तथा अन्य कसैको आवागमन आफ्नो भूमिभित्र सुनिश्चित गर्न उत्तिकै प्रतिबद्द समेत छ।
|
0 comments:
Post a Comment