मिस हेरिटेज इन्टरनेसनलमा निशा

काठमाडौं: विश्व सम्पदा सूचीमा परेका विभिन्न मुलुकका सम्पदा र संस्कृति जगेर्ना एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित 'मिस हेरिटेज इन्टरनेसनल २०१५'को तयारी सुरु भएको छ। 
भारतको नयाँदिल्लीमा डिसेम्बर ६ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै निशा पाठकले सहभागिता जनाउने भएकी छन्।पाँच फिट पाँच इन्च अग्ली १९ वर्षीया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता हुन्। 
काठमाडौं मालीगाउँनिवासी उनी हाल पद्मकन्या क्याम्पसमा बीबीए अध्ययनरत छिन्। दीनदुःखी खासगरी असहाय र अनाथ बालबालिकालाई सहयोग गर्न रुचाउने उनी मोडलिङमा पनि उत्तिकै रुचि राख्छिन्।
मिस हेरिटेज इन्टरनेसनलको यस संस्करणमा नेपाल, फिलिपिन्स, बंगलादेश, भारत, म्यानमार, थाइल्यान्ड, मलेसिया, जिम्बावे, मोरक्को, नेदेरल्यान्ड, हाइटी, घाना, लेसोथो, युगान्डा, दक्षिण अफ्रिका, नाइजेरिया, डेनमार्क, रसिया, बेलारुस, जाम्बियालगायत विश्वका तीस मुलुकका सुन्दरीको सहभागिता रहने नेपालका लागि प्रतिनिधि संस्था ईप्लानेट प्रा.लि.ले जनाएको छ।
सौन्दर्य प्रतियोगितामार्फत विश्व सम्पदा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकाले सहभागी र विजेताको खास दायित्व पनि यही हुन्छ। विभिन्न मुलकका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्ने अवसर पाउनु आफ्नो लागि गौरवको विषय हुने निशाको भनाइ छ।
http://annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment