|
काठमाडौं, १६ कात्तिक । सोमबार भएको वीरगञ्ज घटनापछि भारतले आफ्नो धारणा सार्वजनिक गर्दै वीरगञ्ज घटनामा मारिएका आफ्नो नागरिक निर्दोष रहेको दावी गरेको छ ।
सोमबार प्रहरीले प्रदर्शनकारीहरुलाई हटाएर वीरगञ्ज–रक्सौल नाका सुचारु गरेपछि उग्र भएको झडपमा एक भारतीय नागरिकको ज्यान गएको थियो । नाका सुचारु गरेको विरोधमा मधेशी मोर्चाका उग्र प्रदर्शनमा सहभागी भएका भारत रक्सौल नयाँ रोडका २४ वर्षका आशिषकुमार रामको प्रहरीको गोली लागेर ज्यान गएको हो ।
यसपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको समस्या राजनीतिक प्रकृतिको भन्दै बल प्रयोग नगर्न घुमाउरो चेतावनी समेत दिएको छ ।‘वीरगञ्जमा आज भएको गोली प्रहारको घटनाबाट हामी गहिरो चिन्तामा छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुठभेडको अवस्था आउनुका कारणहरुलाई नेपालको सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्वोधन गर्नुपर्छ ।’ परिस्थितिलाई भारतले सावधानीपूर्वक नियालीरहेको विज्ञप्तिमा उल्लेख छ ।
|
0 comments:
Post a Comment