|
मिडिया एनपी, गौशाला, १६ कात्तिक । तराई मधेसका विभिन्न ठाउँमा अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अलग राष्ट्रका लागि आन्दोलन गर्ने कुरा चलिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु अलग राष्ट्रको लडाईंमा नरहेको बताएका छन् ।
दिउँसो महोत्तरीको जलेश्वरमा पत्रकारसम्मेलन गर्दै यादवले मोर्चा बिखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याएका छन् ।
उनले सरकार मधेसीमोर्चासंगको वार्ताप्रति संवेदनशील नरहेको आरोप लगाउँदै सरकारले वार्तालाई मोर्चाको कमजोरीको रुपमा बुझेको र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाएका छन् । अब मधेसी जनताको अधिकार प्राप्तिका लागि मोर्चाले सशक्त सङ्घर्ष र व्यापक जनसङ्घर्षको कार्यक्रम गर्ने यादवले चेतावनी समेत दिएका छन् । साथै, सरकारले अब मधेसको माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेमा मात्रै मोर्चा वार्तामा जाने नत्र अब भारतीय सीमानाका साथै राजमार्ग अवरुद्ध गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
|
0 comments:
Post a Comment