|
गोल्डन क्रिसेन्टअन्तर्गत मुख्यगरी अफगानिस्तान, पाकिस्तान र इराक पर्दछन्। अफगानिस्तान विश्वमै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देशका रुपमा चिनिन्छ। यी देशबाट नेपाल भएर विश्वबजारमा हेरोइनको ओसारपसार हुन्छ। पाकिस्तानबाट भारत ल्याएर सडकमार्ग भएरसमेत नेपाल ल्याउने गरिएको छ। धेरै भने हवाईमार्ग हुँदै आउने गरेको छ।
त्यस्तै गोल्डेन ट्राङगलअन्तर्गत दक्षिण-पूवी एसियाका देशहरु पर्दछन्। जसमा मुख्य गरी थाइल्यान्ड, बर्मा र लाओस पर्दछन्। ती देशहरुमा पनि नेपालबाट लागुऔषध जाने गर्दछ। खासगरी थाइल्यान्डमा ठूलो मात्रामा लागुऔषध जाने गरेको प्रहरी अधिकारीको भनाइ छ।
|
0 comments:
Post a Comment