छिमेकी देश भारतले नेपालमा संविधान जारी भएकोमा विज्ञप्ति जारी गर्दै नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने उल्लेख गरेको छ। विज्ञप्तिमा नयाँ संविधानलाई स्पष्ट शब्दमा स्वागत भने गरिएको छैन।

भारतीय विदेश मन्त्रालयले केहीबेर अघि जारी गरेको विज्ञप्तिमा आज जारी भएको संविधानलाई ‘नोट‘ गरेको कुरा उल्लेख गरेको छ। 
‘भारतले संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन सहयोग गरिरहेको थियो‘ विज्ञप्तिमा भनिएको छ ‘भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेको प्रति हाम्रो चासो छ। यस विषयमा काठमाडौंमा रहेका हाम्रा राजदुतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेका छन्।‘
भारतले विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो  मान्यता रहेको बताउँदै सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा विज्ञप्तिमा उल्लेख गरेको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment