|
झडपको स्थिति सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
तीन दलले संयुक्त रुपमा आयोजना गरेको स्वागत र्यालीमा पाँच हजार भन्दा धेरै मोटरसाइकलमा नागरिक सहभागी थिए । बीरेन्द्र सभागृहबाट सुरु भएको र्याली बुद्धचोक, आयल निगम हुँदै रानी जोगबनी पुगेर नगर परिक्रमा गरेको थियो ।
राष्ट्रिय झण्डा बोकेका सहभागीले ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने नारा लगाएका थिए । सहभागीले आफ्ना पार्टीका झण्डासमेत बोकेका थिए ।
विराटनगरमा शनिबार साँझदेखि नै नयाँ संविधानको स्वागतमा विविध कार्यक्रमहरु भइरहेका छन् । विभिन्न चौकहरुमा दीप प्रज्वलनका कार्यक्रम गरिएका छन् । अनेमसंघले महेन्द्र चोकमा दीप प्रज्वलन गरेको छ । कञ्चनबारी र बरगाछीमा पनि कार्यक्रम भएका छन् ।
यसैबीच मधेसी मोर्चाका कार्यकर्ताहरुले पनि संविधानको विरोधमा कालो झन्डा बोकेर विराटनगरमा प्रदर्शन गरेका छन् । सयौंको संख्यामा सहभागीले नयाँ संविधानमा आफूहरुको अधिकार संरक्षण नभएको भन्दै नारावाजीसमेत गरेका थिए ।
|
0 comments:
Post a Comment