भूकम्पले रोकिएको रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा आजबाट

काठमाडौं, ५ असोज । गत बैशाख १२ गतेको बिनासकारी भूकम्पका कारण स्थगित भएको रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा मंगलबारदेखि फेरि सुरु हुँदैछ । ललितपुर बुंगमतीको छ्यासीकोटमा फेरि बनाएको रथमा सोमबार मूर्तिलाई रथारोहण गरिएपछि मंगलबारदेखि रथ तान्न लागेको हो ।
अरु बेला मूर्तिलाई रथारोहण गरिएको चार दिनपछि मात्र रथ तान्नुपर्ने परम्परा भए पनि यसपाली फेरि रथ बनाएर रथारोहण गरिएकोले चार दिन कुर्न नपर्ने रातो मच्छिन्द्रनाथ जात्राको साइत निकाल्ने ज्योतिष समुहले जनाएको छ । यसपाली १२ वर्षे रथ जात्रा भएकोले रथलाई छ्यासीकोट, सैबु, भैसेपाटी, नख्खु खोला, एकान्तकुना, भनिमण्डल, यावलाखेल हुँदै पुल्चोक पुर्याइनेछ ।
पुल्चोकमा पुगेपछि रथलाई सजाएर अरु वर्षमा झै पाटनको गाबहाल, महापाल, मंगलबजार, सुन्धारा, टंगल, लगनखेल, इटी टोल हुँदै जावलाखेलमा पुर्याइनेछ । जावलाखेलमा भोटो देखाएपछि रथलाई फेरि एकान्तकुना, नख्खु खोला, भैंसेपाटी हुँदै बुंगमतीमा फर्काइनेछ ।
बुंगमती पुगेपछि फेरि भोटोजात्रा हुनेछ । यसअघि गएको वैशाख ६ गते रथ निर्माण गरिएको स्थान बुङ्मतीमा मूर्तिलाई रथारोहण गरी वैशाख ९ गतेदेखि रथ जात्रा सुरु गरिएको थियो । तर वैशाख १२ को भूकम्पका कारण रोकिएको रथलाई शान्ति स्वस्ति पूजा सहित पछि छ्यासीकोटबाट तानेर अघि बढाउँदा रथ भत्किएकोले रथ फेरि बनाएर सोमबार मूर्तिलाई रथारोहण गरिएको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment