यस्तो छ प्रमुख तीन दलको टुँडीखेल सन्देस

यस्तो छ प्रमुख तीन दलको टुँडीखेल सन्देस
काठमाडाैं । नयाँ संविधानको स्वागतमा प्रमुख तीनदलले
राजधानीको टुडिखेलमा संयुक्त समारोह गरेका छन् ।
समारोहलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति
सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा अोली र
एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका
थिए ।
सुमारोहमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले
अब जनताको दिनको सुरुवात भएको बताएका छन् । आफ्नो
मन्तव्यको सुरुमा दुई कविताका हरफ सुनाउँदै दाहालले
संविधान जारी गर्ने अवस्थासम्म आइपुग्न ठूलै संघर्ष गर्नुपरेको
स्मरण गरे ।
नेपाली हामी रहूँला कहाँ नेपालै नरहे
उचाई हामी उलिउ कहाँ हिमालै नभए ।
सुनाउँदै दाहाले राष्ट्रवादीहरुलाई एक हुन आग्रह गरे । उनले
संविधानसभा, गणतन्त्र र संविधानसभाको प्रक्रियाप्रति
असन्तुष्ट पक्षबाट चुनौतिहरु आउनसक्ने भन्दै संविधानको
कार्यान्वयनको लागि राष्ट्रिय शक्तिहरुबीच एकता
आवश्यक भएको बताए । उनले संविधानले दिएको गणतन्त्र,
संघीयता र समानुपातिक व्यवस्थाबाट मधेसी जनतालाई धेरै
फाइदा पुगेको भन्दै असन्तुष्टिहरु वार्ता र संवादबाट
समाधान गर्न जोड दिए ।
हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो
स्वतन्त्रता सुदृढ गर्न सक्छन् भन्दै दाहालले भारत र चीनले
नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्ने बताए ।
उनले आफूहरु छिमेकीको मित्र हुन चाहेको भन्दै जे भन्यो त्यो
मान्ने छिमेकी बन्न नचाहेको बताए ।
समारोहलाइ सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी
शर्मा ओलीले संविधानले पहिलोपटक नेपाली जनतालाई
सार्वभौम बनाएको बताए । ओलीले संविधानप्रति कसैले पनि
असन्तुष्टि जनाउनुपर्ने कारण नभएको भन्दै कुनै कुरा छुटेका भए
संशोधन मार्फत मिलाउन सकिने बताए ।
संविधान प्रत्येक नेपालीको ऐना भएको भन्दै उनले पछाडि
परेका समुदायहरुको अधिकारका लागि संविधानमै विभिन्न
आयोगहरु गठनको व्यवस्था गरिएको बताएका छन् । ओलीले
नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता
जोगाउँदै आफूहरुले दुबै छिमेकीलगायत सबै मित्र राष्ट्रहरुसँग
असंलग्नताको सिद्धान्तमा रहि बलियो सम्बन्ध राख्न
चाहेको बताए ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट मधेसी र
थारुलाई फेरि वार्ताका लागि आह्वान गरे । कोइरालाले
सुरुदेेखि साथमा रहेर ऐतिहासिक दायित्वका समयमा
प्रक्रियाबाट बाहिरिएका मधेसी र थारुको मागलाई
वार्ताबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
संविधान जारी भएको खुशियालीमा आयोजित विशेष
समारोहमा उनले मधेसी र थारुको असन्तोष र सरोकारलाई
सहमति, सहकार्य र एकताको जगमा उभिएर समाधान गर्न
सकिने बताए । उनले समावेशी र समानुपातिक
प्रतिनिधित्वका विषय, जनसंख्याको आधारमा निर्वाचन
क्षेत्रको निर्धारणका विषयमा आफूहरु प्रतिवद्ध रहेको
बताए । ‘प्रदेश सिमांकनको विषयपनि वार्ताबाट हल गर्न
सकिन्छ,’ उनले भने ‘सबैलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह
गर्दछु ।’
उनले संविधानपछि देशको विकास र पुनर्निर्माणमा मुलुक
जुट्नुपर्ने भएको भन्दै छिमेकी भारत र चीन सहित अन्य मित्र
राष्ट्रसँग सुमधुर सम्बन्ध राखेर नेपाल अगाडि बढ्न चाहेको
उल्लेख गरे । उनले संविधान निर्माणको चरणमा विश्व
समूदायबाट प्राप्त सहयोगका लागि आभार समेत व्यक्त गरे ।
उनले संविधान निर्माणका लागि पत्रकार, वकिल, शिक्षक,
प्राध्यापक, सम्पूर्ण पेसागत संघ संगठन र सम्पूर्ण
सुरक्षाकर्मीलाईपनि धन्यवाद दिंदै भने अब मुलुकलाई
अगाडि बढाउनका लागि एउटै मन्त्र छ ‘राष्ट्रिय एकता,
सहमति, सम्वाद र मेलमिलाप ।’नेपाली सेना, नेपाल प्रहरी,
सशस्त्र प्रहरी र कर्मचारीका उच्च पदस्थ अधिकारी
समारोहमा सहभागी थिए ।समारोहमा विभिन्न झाँकी
तथा साँस्कृतिक झलकहरू प्रस्तुत गरिएको थियो ।
https://fbcdn-photos-d-a.akamaihd.net/hphotos-ak-xpf1/v/t1.0-0/s480x480/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment