जेनेभा बैठकमा भारतले नेपाललाई भन्यो ‘बाँकी मुद्दा मिलोस्’ - See more at:

नयाँदिल्ली, ५ चैत । भारतले जेनेभास्थित अन्तर्राष्ट्रिय मञ्चबाट नेपालबारेको मानवअधिकार विश्वव्यापी आवधिक समीक्षा (युपिआर) माथि टिप्पणी गर्दै न्याययिक अधिकार र समानताका दिशामा सम्बोधन हुन बाँकी मुद्दामा रचनात्मक तवरले निश्चित समयावधिभित्र समाधान पहिल्याउन दोहोर्याएको छ ।

नवअधिकार परिषद्को बुधबार सम्पन्न ३१ औं बैठकमा भारतले नेपालको मानवअधिकार स्थितिमाथि टिप्पणी गर्दै मधेस मामिलामा उब्जिएका मागमध्ये दुई बुँदाको संविधान संशोधनबाट सम्बोधन भएको र थाती मुद्दामा पनि सम्बोधन जरुरी रहेको धारणा दोहोर्याएको हो ।
भारतले परिषद्को गत नोभेम्बरमा सम्पन्न युपिआर बैठकमा पनि नेपाल मामिलामा न्यायिक समानता र अधिकारको प्रत्याभूति हुन नसकेको भन्दै आलोचना गरेको कान्तिपुर दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment