एमाओवादी अध्यक्ष प्रचण्डलाई डोवालको चेतावनी: ईशारा बुझेनन् भने सुरक्षा घेराभित्रै - See more at:

अबको तीन महिना भित्रमा नेपालको राजनीतीको कोर्स पुरै परिवर्तन हुन सक्ने संकेत देखा परेको छ। भारतले नेपालको राजनीतिक दललाई हिन्दू राष्ट्र र राजसंस्था पुनस्स्थापना गर्न पटक पटक आग्रह गर्दा पनि राजनैतीक दलहरुले भारतको आग्रहलाई सुनुवाई नगरेपछी नेपाली सेनाले पनि राजनैतीक दलहरुलाई स्पष्ट रूपमा मुलुक टुक्राउने काम भयो भने सेना स्वतस् परिचालित हुन्छ भन्ने चेतावनी दिइसकेको छ। संबैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र हिन्दू राष्ट्रको अडानमा राष्ट्रवादी शक्ती र छिमेकी मित्र राष्ट्र भारतले नेपालको एकता अखण्डतालाइ लिएर राजनीतिक दललाई सचेत गराउदा समेत भारत र चीनको सुरक्षामा ख्याल नराखिदिएको कारण कुट्नैतीक र राजनैतीक तनाव बढेर गएको छ।Capture
भारतका सुरक्षा प्रमुख सल्लाहकार अजित डोवालले हालै सार्क सम्मेलनका लागी काठमाडौं आइ पुग्दा एमाओबादीका अध्यक्ष प्रचण्डलाइ राम्रैसँग थर्काएका छन्। सुरक्षा स्रोतका अनुसार डोवाल र प्रचण्डवीचको बिचको भेटमा डोवालले प्रचण्डलाइ भने, प्रचण्डलाइ हेर्नुस्, नेपाललाई हिन्दू राष्ट्र र राजसंस्थालाई कुनै न कुनै रूपमा स्थान दिनुस्। हामीले तपाईंलाई र यहाँका राजनीतिक दललाई बारम्बार आग्रह गरेका छौं, तर तपाईंहरुले हाम्रो कुरालाई सुनुवाई गर्नु भएको छैन। डोवालले प्रचण्डको अगाडि कुट्नीतिक तर स्पष्ट रूपमा भने, म भारतको प्रमुख सुरक्षा सल्लाहकार त्यतिकै भएको होइन, मैले पन्जाब अप्रेसन देखी कश्मिर अप्रेसनसम्म र विभिन्न देशका कोशौँ टाढा भित्र पसेर आतंकवादीको सफाया अप्रेसन गरेको छु। शायद तपाईंले मेरो बायोग्राफी पढ्नु भयो भने तपाईंलाई मेरोबारेमा जानकारी हुने छ। डोवालको यो चेतावनी थियो। प्रति उत्तरमा प्रचण्डले पार्टी भित्र र बाहिरबाट आफुलाई सुरक्षा खतरा भएको भन्दै नेपाललाई हिन्दू गणतान्त्रिक राज्य घोषणा गर्ने प्रतिवद्धता डोवालसँग जनाए। डोवालले प्रचण्डको उक्त भनाइ भारतीय प्रमका विशेष दूत एस् शिवशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी जानकारी गराएपछी भारतीय प्रमले प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। प्रचण्डका र डोवालवीचको वार्तापछी डोवाल चीन प्रस्थान गरेका छन् भने भारतीय प्रमका विशेष दूत एस् शिवशंकरले प्रचण्डले भेट माग्दा भेट्न ठाडै अस्वीकार गरेका छन्।
स्मरण रहोस्, नेपाली कांग्रेसको महाधिवेशन पछी अब नेपाली कांग्रेसमाथि संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र र हिन्दू राष्ट्र नेपाली कांग्रेसको विधानमा पारीत गर्नु पर्ने दवाब पार्टी भित्रबाटै उठ्न थालेको छ। माओवादीले जनयुद्धको माध्यमबाट उठाएको राज्य पुन: सरचना र संबिधान सभाको एजेन्डालाई कांग्रेस, एमालेले आ-आफ्नो पार्टीको दस्ताबेजमै उल्लेख गरेर आफ्नो राजनैतीक पराजय आँफैले लेखेका छन्। यसवीचमा काँग्रेसको १३ औ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित शशांक कोइरालाले यस सम्वाददाता सँगको भेटमा मुलुक अब टु पिलर सिस्टम (संबैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र) जानुको बिकल्प नरहेको बताएका छन्। कोइरालाले स्पष्टसँग भने, यो नेपाली कांग्रेसको बिपी डक्ट्रिनको लाइन हो। बिपीको लाइनलाई त्यागेर कांग्रेस अगाडि बढ्न सक्दैन। यती बेला नेपालका प्रम केपी शर्मा ओली चीनसँग सुरक्षा व्यवस्था सम्बन्धमा पारवन सन्धि गर्ने दुई सुत्रिय एजेन्डा लिएर चीनको भ्रमणमा जाने तयारीमा छन । यदी चीन र नेपालबीच सुरक्षा र पारवानमा सन्धि भयो भने भारतको सुरक्षामा ठुलो खतरा उत्पन्न हुने कुट्नीतिक विश्लेशकको भनाइ छ। त्यसैले डोवाल पनि चीन भ्रमणमा हतार हतार पुगेका हुन्। प्रम ओली नेपाल फर्किएपछी नेपाली राजनीतीमा अपत्यारिलो रूपले राजनीतीमा नयाँ मोड देखिने छ। यदी भारतीय अनुरोधलाई इन्कार गरेर नेपाली राजनीतिक दल अगाडि बढेमा नेपाली सेनामार्फत मुलुकको राष्ट्र सुरक्षा हीतमा सेनाले वाध्यत्मक परिस्थितीमा हात हाल्ने छ। एमाओबादी अध्यक्ष प्रचण्डलाई भारतीय सुरक्षा अधिकारीले दिएको चेतावनी प्रचण्डका लागि भोलीका दिनमा प्रत्युत्पादक हुन सक्छ। इन्दिरा गान्धी र राजिव गान्धी र राजा बिरेन्द्रकै हत्या भएको घटनाको ईतिहास साक्षी छ। प्रचण्डले यदी भारतीय सुरक्षा अधिकारिको र भारत सरकारको कुरालाई नजर अन्दाज गरे भने नियोजितरुपमा उनकै पार्टी भित्रबाट प्रचण्डमाथि आक्रमण हुने छ जसको अप्रेसन प्लान बनी सकेको छ। यस् कुराको खुलासा अजित डोवाल स्वयमले प्रचण्डसंगको भेटमा कुट्नीतीको भाषामा दिइसकेका छन्।
अब मुलुकको राजनीती बैशाखको १५ गतेदेखी परिवर्तन हुने निश्चित छ। यस् बीचमा राजनैतीक दलको बिकल्पमा सेना मार्फत नागरिक समाजबाट इमान्दार व्यक्तीको नेतृत्वमा सरकार गठन हुने छ। अहिले मुलुकको राजनीती प्रचन्डको वरीपरी घुमीरहेको छ। एमालेमा गद्दारहरु हावी भएका छन्। भारत र चीन अब नेपालका तथा कम्युनिष्टलाई भन्दा प्रजातान्त्रिक शक्तीलाई लिएर राजसंस्थाको पुन: स्थापनामा अग्रसर देखिएको छ। पुर्वराजा ज्ञानेन्द्र निकट भविष्यमै भारत सरकारको निमन्त्रणामा पुर्व राष्ट्र प्रमुखको हैसियतले नयाँ दिल्ली जानु हुने भएको श्रोतले जनाएको छ। तर मीति भने तोकिएको छैन। सम्भवत केहि समय लगत्तै पुर्व राजा ज्ञानेन्द्रलाई भारत सरकारको निम्तो आउने निश्चित छ। यसवीचमा पूर्वराजा ज्ञानेन्द्रसँग बिजेपीका वरिष्ट नेता भगत सिंह खुशीयारीले निर्मल निवासमा गत साता एक घण्टा लामो गोप्य वार्तालाप गरेका छन्। नेपालका राजनीतिक दलले नेपाली सेनालाई आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने कार्यमा प्रयोग गर्न खोजे भने, त्यो भन्दा ठुलो दुर्भाग्य केही हुने छैन। अझै पनि बलियो सांस्कृतिक परम्परागत आधार भएको राजसंस्था र नेपाली सेनाको बलियो सङगठनात्मक शक्ति भएको नेपाली सेनाको सम्बन्ध कुनै न कुनै रूपमा राजसंस्थासंग जोडीएको छ। एमाओबादी अध्यक्ष प्रचन्डले अबपनि भारतको ईशारा र कुट्नीतीलाई बुझ्ने प्रयत्न गरेनन भने प्रचण्ड आँफै आफ्नो सुरक्षा घेराभित्रबाटै असहज एवम् अपत्यारिलो र अकल्पनीय घेराबन्दीमा पर्ने चेतावनी स्पष्ट रूपमा डोवालले दिएका छन्। कान्तिपुर हटलाइन बाट साभार
- See more at: http://www.lightnepal.com/6614#sthash.ME9fXZW3.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment