मलेसिया सरकारले फेरि बढायो विदेशी श्रमिकको लेभी : यस्तो छ नयाँ लेभी शुल्क - See more at:

मलेसिया, चैत्र ६ । स्थगित गरिएको भनिएको बिदेशी कामदारको लेभी मलेसिया सरकारले वृद्धि गरेको छ । हाल बढेको लेभी शुल्क पुर्बी मलेसियाको (सावा र सार्वाक) भने लागू नहुने स्पष्ट पारिएको छ ।
केही समयअघि मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेभी तत्काल बृद्धि नगर्ने निर्णय गरेको थियो । तर अचानक फेरि लेभी बढाइएको यहाँका जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नयाँ शुल्क निर्धारण गरेको गृहमन्त्रालयका महासचिव दातुक सेरी अल्वी ईब्राहिमलाई उद्धृत गर्दै मलेसियन सञ्चारमाध्यमले जनाएका हुन् ।
लेभीलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र निर्माणका लागि एक हजार ८ सय ५० आरएम तय गरिएको छ । सेवाको लागि यसअघि नै एक हजार ८ सय ५० आरएम लेभी भएकाले सेवा तर्फको लेबि यथावत छ ।
यस्तै कृषि र बगानका लागि ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र निर्माणतर्फ काम गर्नेले यसअघि वार्षिक एक हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय आरएम थपिएको हो ।
यस्तै कृषि क्षेत्रमा काम गर्नेले ४ सय सय १० आरएम र बगान क्षेत्रमा काम गर्नेले ५ सय ९० आरएम लेबी तिर्दै आएकोमा कृषितर्फ २ सय ३० आरएम र बगानतर्फ ५० आरएम थप तिर्नु पर्ने भएको छ ।
गत फेब्रुवरी १ मा लेभी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागि २ हजार ५ सय आरएम तथा कृषि र बगानका लागि १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो ।
यो लेवी शुल्क लागू हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागू हुने भनि घोषणा गरिएको लेबीको सन्दर्भमा उद्योगी तथा ब्यवसायी संघका ५५ वटा संगठनले बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो ।
गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यवसायीहरुको समुहसँग सरकारले बार्ता गरेको हो ।
आप्रवासी कामदारका लागि भने आगामी जुलाईदेखि मासिक एक हजार रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघि नै घोषणा गरिसकेको छ ।लेबी वृद्धिसँगै रोजगारीको लागि मलेसिया आएका नेपाली श्रमिक समेत प्रभावित हुनेछन् । अन्नपूर्णपोष्टबाट ।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment