![]() |
काठमाडौं, १७ चैत । पूर्व पाकिस्तानी स्पिनर तथा पाकिस्तानी टिमका प्रशिक्षक समेत रहेको तौसीफ अहमतले टी–२० विश्वकपको सुपर टेनको समूह दुईको बुधबार भएको खेलमा भारत–बंगलादेशको खेलको छानविन गर्न माग गरेका छन् ।
उक्त खेलमा भारत अन्तिम ओभरको चौथो, पाँचौ र छैठौं बलमा लगातार तीन विकेट झार्दै १ रनले विजयी भएको थियो । तौसीफले पाकिस्तानको एक टिभी च्यानलसँग कुराकानी गर्दै जुन तरिकाले खेलको अन्त्य भयो त्यो आफूलाई पनि सही नलागेको बताएका छन् ।
उनले आइसीसीले यस खेलको छानविन गर्नुपर्ने बताएका हुन् । सुनील गावस्करसहित केही क्रिकेट पण्डितहरुले महमुदुल्लाको शतको कडा आलोचना गरेका थिए । उनी लामो शत खेल्ने क्रममा मिडविकेट नजिकै रविन्द्र जडेजाद्वारा समातिदै पवेलियन फर्किएका थिए । यो नै बंगलादेशको हारको प्रमुख कारण बनेको थियो ।
पाकिस्तानका लागि ३४ टेस्ट र ७० वानडे खेलेका ५७ वर्षीय तौसीफले बंगलादेश अब अनुभवी टिम भइसकेको भन्दै उसका अनुभवी खेलाडीले खेललाई बराबरीमा ल्याएर ठूलो शट खेल्नेबारेमा किन सोचेनन् भन्ने प्रश्न तेर्सिएको बताए ।
उनले क्रिकेटमा आजकल जे पनि हुन थालेको भन्दै यो खेलको पनि जाँच गरिनुपर्ने बताएका हुन् । बैग्लोरको चिन्नास्वामी स्टेडियममा २३ मार्चमा भएको यो खेलमा अन्तिम ओभरमा पाएको रोमान्चक जित नै भारतको सेमिफाइनल यात्राको टर्निङ प्वाइन्ट बनेको थियो ।
![]() |
0 comments:
Post a Comment