बर्दियामा जन्ती बोकेको बस पल्टिँदा ४ को मृत्यु, २६ घाइते - See more at:

बर्दिया, २३ फागुन । बर्दियामा जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्वरको बस बबइ नगरपालिका ६ स्थित जम्ति खोलाको पुल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
गएराती १० बजे भएको दुर्घटनामा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुले ज्यान गुमाएका छन् । दुर्घटनामा घाइते २६ भएकाहरुलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार थालीएको थालीएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment