![]() |
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो चरणको मतदानमा सभापतिमा निर्वाचीत हुन नसके पछि देउवा पक्षका नेताहरुलृे विभिन्न हत्कण्डा मञ्चाउन थालेका छन् । निर्वाचनमा सभापतिका लागि उम्मेदवारी दिएका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि दिउसो २ वजेबाट पुनः मतदान हुने भएको छ ।
दोश्रो चरणमा मतदान हुने भएपछि शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरु निकै अराजक बन्न थालेका छन् । उनिहरुले मतदान स्थलमा नै विभिन्न हर्कत प्रस्तुत गरेका छन् । प्रहरीसंग झगडा गर्न शेरबहादुरका कार्यकर्ताहरु उत्रेका छन् भने फेरि मतगणनाको माग गर्दै हर्कत नाराबाजीको अवस्था सृजना गर्न खोजेका छन् ।
अहिले भृकुटीमण्डपको प्रवेशद्धारामा रहेको महाधिवेशन प्रतिनीधिहरुलाई स्वागत गर्न राखिएको कार्यबहाक सभापतिको बोर्ड झिकेर देउवा पक्षले फालेका छन् । देउवा पक्षको अराजकता देखेर आम महाधिवेशन प्रतिनीधिहरुले उनिहरुको यो कदमलाई हताश मानसिकताको उपज भनेका छन् । अवान्चित कार्यगर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
![]() |
0 comments:
Post a Comment